नेपालको प्रतिनिधिसभामा डिजिटल हाजिर सुरु गरिँदै छ भनेर बहु प्रचारित गरिएको छ तर सभामा सुर्ती माडेर मुखमा च्याप्ने अनि घुरेर सुत्ने कुराको भने कुनै उपाय बताइएको छिन।
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले आज बस्ने संसद् बैठकदेखि डिजिटल हाजिर गर्ने निर्णय गरिएको हो। बैठकमा उपस्थितिको विवरण वेबसाइटमार्फत जानकारी गराउने निर्णय पनि गरिएको छ।
यस्तै, संसद् बैठक सञ्चालनसम्बन्धी माघ र फागुन महिनाको क्यालेन्डर पनि अनुमोदन गरिएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।कार्यतालिका लागु भएपछि बैठकमा सांसदहरूको उपस्थिति र सहभागिताका निम्ति सहज हुने सभामुखको अपेक्षा छ । गएको एक वर्षमा एउटा मात्र विधेयक पारित गरिएको विषयमा प्रश्नहरू उठाइएको उनले उल्लेख गरे ।
आउँदो संसद् अधिवेशनलाई ती सबै प्रश्नको जवाफ दिने गरी परिणामुखी बनाउन उनले सांसदसित अपिल गरे । “हाम्रो उपस्थिति विवरण दैनिक सार्वजनिक गरेर पारदर्शी रूपमा सार्वजनिक गरौँ । माननीयहरूको उपस्थितिका विषयमा हुने टिप्पणी अन्त्य गर्ने सरल बाटो यही हो,” उनले भने ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पनि गृहकार्य गरेर सभामुख र संसद् सचिवालयले कार्यतालिका लागु गर्ने अवस्थामा आएको भन्दै बैठक बस्ने दिनका बारेमा हुने द्विविधा अन्त्य गर्न सहयोग पुग्ने आशा व्यक्त गरे ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु