नेपाल राष्ट्र बैंकले निक्षेप संकलन भन्दै २० औं अर्ब किन तान्दै छ ?

Hollywood Khabar January 31,2024 Comments

नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता भएको भन्दै धमाधम निक्षेप संकलन गर्न लगातार आज तेस्रो दिन पनि २० अर्ब तान्ने भएको छ। अघिल्लो दुईदिन अर्थात माघ १६ गते २० अर्ब र माघ १७ गते ३० अर्ब गरि बजारबाट ५० अर्ब तानेको केन्द्रीय बैंकले आज फेरी २० अर्ब रुपैयाँ तान्न लागेको हो।

बैंकले आज २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो। यसैगरी, बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् २० अर्ब रुपैयाँ तान्ने लागेको राष्ट्र बैंकले जनाएको हो। इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्।

केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो। साँवा र ब्याज भुक्तानी मिति फागुन ३ गते निर्धारण भएको छ। यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ।

बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन्। बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।