राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु

Hollywood Khabar January 22,2024 Comments

राष्ट्रियसभा सदस्य निर्वाचनको स्थिर समय (मौन अवधि) गएराति १२ बजेदेखि लागु भएको भएको छ। सोमबार राति १२ बजेदेखि आसन्न निर्वाचनको प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले बताए। यो अवधिमा उमेदवारका पक्ष/विपक्षमा प्रचार गर्न पाइँदैन। कुनै पनि माध्यमबाट मत माग्न, निर्वाचनसम्बन्धी भेला–गोष्ठीलगायत कार्य गर्न नपाइने आयोगले जनाएको छ । राष्ट्रियसभाको रिक्त १९ पदका निम्ति यही माघ ११ गते निर्वाचन हुँदै छ। निर्वाचनको समय बिहान ९ देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।