राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशमा सत्तारूढ गठबन्धनका ४ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। सोमबार हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले २ र नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीबाट एक/एक जनाले मनोनयन दर्ता गरेका हुन्।
कांग्रेसबाट महिला क्लस्टरमा विष्णु कुमारी पुडासैनी र खुला क्लस्टरबाट जितजंग बस्नेतले मनोनयन दिएका छन्। माओवादी केन्द्रबाट अपाङ्ग क्लस्टरका श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट दलित क्लस्टरका घनश्याम रिजाल विश्वकर्माले मनोनयन दर्ता गरेका छन्।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु