नेपाल प्रहरी काठमाडौं/रोमानिया पठाइदिन्छु भन्दै २१ लाख ३६ हजार रूपैयाँ ठगी गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२४ बाङगेमुढा बस्ने ५० वर्षीय ढाल बहादुर बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बुढाथोकी समेतले १४ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाई फुड प्याकिङमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२५ असनबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु