डिपि अधिकारीलाई भारतमा अन्तर्राष्ट्रिय अभिमान पुरस्कारबाट सम्मान

Hollywood Khabar December 24,2023 Comments

सीतल आचार्य, नयाँ दिल्ली, डिसेम्बर २४, २०२३

भारतको नयाँ दिल्लीमा हालै आयोजना भएको अन्तर्राष्ट्रिय अभिमान पुरस्कारबाट  उपस्थित विशिष्ट व्यक्तित्वहरूमाझ नेपालका डेक प्रशाद अधिकारी "गोपाल" लाई ‘अन्तर्राष्ट्रिय अभिमान पुरस्कार" बाट  सम्मान गरेको छ । कार्यक्रममा एसियाका विभिन्न देशका ३० भन्दा बढी व्यक्तित्वहरू बिभिन्न  उपाधिबाट सम्मानित भएका थिए। दिल्लीको मण्डी हाउस स्थित अडियोटोरियलको हलमा आयोजित कार्यक्रममा भारतीय विधायक, राजनिति दलका नेता बिशिष्ठ कलाकारहरुको हातबाट पुरस्कार वितरण गरिएको थियो ।

१५ वर्षभन्दा लामो समयदेखि नेपाली कला संस्कृतिको साथै विश्वका कला संस्कृतिको सम्बद्र्धन तथा प्रबद्र्धन गर्दै आएका अधिकारी बिभिन्न संघ संस्थामा आबद्ध छन। उनी कला र संस्कृतिसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरूमा पनि उच्च पदमा रही काम गर्दै आएका छन्। अधीकारीले विश्वको कला संस्कृतिको सम्बद्र्धन तथा प्रबद्र्धनमा पुर्याएको योगदान स्वरूप उक्त सम्मान प्रदान गरिएको हो। सम्मानित अधिकारी भन्छन्–पुरस्कारले  मलाई अझ जिम्मेवारी थपेको बोध गराएको छ।