नेपाली कांग्रेसको संस्थापन इतर समूहको नेतृत्व गरेका डा. शेखर कोइराला पक्षका नेताहरुको भेला अनुपम फुडल्यान्ड बत्तिसपुतलीमा जारी छ। बैठकमा पार्टीको आगामी केन्द्रीय कार्यसमिति बैठकमा शेखर कोइराला समूह कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भइरहेकाे छ। यस्तै आगामी महासमिति बैठक, राष्ट्रिय सभा निर्वाचन, सरकारको प्रभावकारिता, सुशासनलगायतका विषयमा छलफल जारी रहेकाे नेताहरूले बताएका छन्।
बैठकमा नेता कोइराला, उपसभापति तथा कानुनमन्त्री धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, सञ्जय गौतम, दिपक गिरी, अजयबाबु शिवाकोटी, प्रतिमा गौतम, रामकृष्ण यादव, भुपेन्द्रजंग शाही, जगदिश्वरनरसिंह केसी लगायत सहभागी छन्। यसअघि मंगलबार बस्ने भनिएको भेला नेताहरुबीच विवाद भएपछि आजका लागि सारिएको हो।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु