रास्वपा उपसभापतिमा डा. वाग्ले, पदाधिकारी सहित १४ सांसद केन्द्रिय सदस्यमा मनोनित

Hollywood Khabar November 29,2023 Comments

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीको दुइ मध्ये खाली रहेको अर्को उपसभापतिमा डा स्वर्निम वाग्ले, सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी गरेको छ। सुरु देखिने उपसभापति रहेका डिपी अर्याल सोही पदमा कायमै छन्।  त्यसैगरी सुमना श्रेष्ठ र विपिन आचार्य मनोनित भएका छन् भएन पार्टीका १४ सांसदलाई केन्द्रीय समितिमा मनोनीत गरेको छ। पार्टीका छ जना सांसद यसअघि नै केन्द्रिय सदस्य थिए। संघिय संसदमा रास्वपाको २० सिट छ।

महोत्तरीको जलेश्वरमा नोवेम्बर २९, २०२३ बुधबार बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले रास्वपा) सो निणर्य गरेको हो। संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठलाई निरन्तरता दिएको छ भने पार्टी कोषाध्यक्ष लिमा अधिकारी, सह-कोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरालाई मनोनित गरेको छ। यस्तै पार्टीका सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल, रमेश प्रसाई रहेका छन्।