नेपाल सरकारले अकस्त्मात टिकटक बन्द गर्ने निर्णय गर्यो तर कारण बताएन

Hollywood Khabar November 13,2023 Comments

नेपाल सरकारको प्रधानमन्त्री निवास बालुवाटारमा नोवेम्बर १३, २०२३ सोमबार दिन बसेको बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको छ तर किन बन्दगर्नु परेको त्यो भने बताएको छैन। 

मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन। टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले तत्कालका लागि त्यसलाई बन्द गर्ने निर्णय गरिएको उनले बताएता पनि सरकारको निर्णयमा भने सो कुरा उल्लेख नगरको बताइन्छ।