नेपाली कांग्रेस महासमिति बैठक पुस १६ देखि १९ सम्म हुने

Hollywood Khabar November 07,2023 Comments

नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेस नेता मीनबहादुर विश्वकर्माले को महासमिति बैठक पुसको १६ गतेबाट १९ गतेसम्म सञ्चालन हुने उनले बताए।

उनले यसअघि मंसिरको १३-१५ सम्म बैठक बस्ने भने पनि सफल नभएको र आइतवार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिरको २९ देखि पुसको २ गतेसम्म गर्ने भनेपनि चाडपर्वको कारण पुनःसार्नुपरेको बताए। पहिला हामीले महासमितिको बैठक मंसिरको १३-१५ भन्यौं। विभिन्न कारणले केही दिन धकेलियो। 

कार्य सम्पादन समितिको बैठकबाट मंसिर २९ बाट पुसको २ गतेसम्म गर्ने भन्यौँ। तर तिथि मिति हेर्दा फेरि पनि बदल्नुपरेको हो। अब पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको दिनबाट १७, १८ र १९ गते ललितपुरको गोदावरीस्थित हलमा तोकेका छौं, उनले भने। नेता विश्वकर्माले महासमितिको बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने बताए।