न्यूयोर्कको डिटेन सेन्टरमा २७ बर्षीय मनिष कुँवरको रहश्यमय मृत्यू

Hollywood Khabar October 13,2023 Comments

न्यूयोर्कको रिकेश आइल्याण्डमा रहेको डिटेन सेन्टरमा रहश्यमय रुपमा २७ बर्षीय मनिष कुँवरको मृत्यू भएकोकुरा सो सेन्टरले प्रेस बिज्ञप्तिमा जनाएको छ।

कस्टडीमा रहेका मनिष कुँवर २७ वर्षका थिए। उनको मृत्यु न्यूयोर्क सिटी डिपार्टमेन्ट अफ करेक्शन हिरासतमा बुधवार राती भएको हो। हुन त न्यूयोर्क डिटेशनमा भएको यो ९ औं मृत्यू मानिएको छ। बिहीबार बिहान करिब ६ः२० बजे उनलाई मृत घोषित गरिएको थियो। सो सेन्टरका प्रवक्ता फ्रान्क ड्वायरका अनुसार लाशको मेडिकल परीक्ष पछि मृत्युको कारण पत्ता लाग्नेछ।

कुँवरलाई सेप्टेम्बर २७, २०२३ मा मुद्दा दायर गरिएको थियो। केवल सात दिनको लागि सो हिरासतमा डिमाण्डमा राखिएको थियो। उनका वकिल जेन रेमलरका अनुसार उनलाई एरिक एम टेलर सेन्टरमा हिरासतमा राखिएको थियो। कुँवरलाई डेलावेयरबाट दुईवटा जमानत जम्पिङ, एक डकैती र एउटा ठूला चोरीको आरोपमा हिराश्तमा लिइएको बताइन्छ। उनले बाल्टिमोरका एक साइक्र्याटिककोमा पाँच महिना उपचार गरेको एक समाचारमा उल्लेक गरिएको छ। सोमबार मात्र उनका वकिलले भेटेका कुँवरको शान्त नै थिए तर बिहिबार बिहान मृत्युको खबर सुन्दा अचम्म लागेको बताए। 

सो सेन्टरले जारी गरेको विज्ञप्ति जस्ताको तस्तै: https://acrobat.adobe.com/link/review?uri=urn:aaid:scds:US:0ba308cf-bf22-386b-9c86-a0f368f9c546