२०२२ मार्चमा नेपाली कांग्रेसका उपसभापति पूर्णहबादुर खड्का र महामन्त्री गगनकुमार थापाले आर्थिक लाभ लिएर, शक्तिको दुरुपयोग गर्दै गैरआवासीय नेपाली संघलाइ फुटाएको कुरा सबैलाई जानकारी नै छ। यी दुइ व्यक्तिहरु भनेका आम गैरआवासीय नेपालीहरुका लागि दुश्मन हुन्। यो सबै प्रपन्चमा त्यो समय पूर्व अध्यक्षहरु डा उपेन्द्र महतो र जीवा लामिछानेको प्रमुख हात रहेको थियो।
यसैबीच सो गुटको महाधिवेशनको मिति तोकिएता पनि महाधिवेशन भने निश्चित रुपमा रोकिने इण्डिकेटर प्राप्त भएका छन्। तर पनि उम्मेदवारहरु भने चुनावमा नै व्यस्त रहेका छन्।
यसैबीच अध्यक्षका लागि प्रत्यासी रहेका महेश श्रेष्ठले अक्टुवर ७, २०२३ शनिबार हलिउडखबरसंग आफू अध्यक्ष भएको ९० दिनमा नै संघ एउटै हुने कुरा बताए।
उनको भनाइ जस्ताको तस्तै:-
गैरआवासीय नेपाली संघको गत १० औं महाधिवेशनमा जो जो र जताबाट भए पनि हामी विभाजित भएको सत्य हो। त्यो कुरा हामी सबैले स्वीकारेको नै हो। त्यसैले हामीले वार्ता र एकताको प्रयास पनि गरेका हौँ। सम्मानीय प्रधानमत्री समक्ष दुवै पक्षले गरेको हस्ताक्षरले त्यसलाइ थप प्रमाणित गरेको छ।
त्यो समय पनि हामी दुवै पक्षले हदैसम्म प्रयास गर्यौं। तर हामी भित्रकै केहि साथीहरुले गर्दा एकता संभव भएन। म आफू निर्णय गर्ने अध्यक्ष होइन। त्यसैले ढोकामा पुगेको समाधान पुरा भएन, त्यसप्रति म दुखि छु। यसका लागि केहि हदसम्म मेरो पनि दोष रहला तर म जहिले पनि एकताको पक्षमा थिएँ, छु र रहनेछु।
कमी कमजोरी सबैका भएका हुन्छन, हाम्रा पनि भए र अर्का पक्षका पनि भए होलान। तर यथार्थ भनेको हाम्रा अग्रज देखि ठुलो संख्यामा साथीहरु संघको अभियानबाट बाहिर र अन्यत्र हुनुहुन्छ। यो हाम्रो लागि दु:खको कुरा हो। परिवार बाहिर पठाएर घर खुकुलो हुन्छ भन्ने मान्नु भनेको विभाजन ल्याउनु हो। हाम्रो संघको अभियानमा पनि तेस्तै भयो। अलिकति लचकता अपनाएको भए, अलिकति सम्मान सहित हिम्मत देखाएको भए आज हामी सबै एउटै ठाउँमा हुनेथियौं, तर त्यसो भएन। म अध्यक्षमा प्रत्यासी हुनुको एउटा मुख कारण यो पनि हो।
चुनावको मुखैमा पुगेर मलाइ यो बिषय उठान गरेको, त्यो पनि कोरियामा बिनोद कुँवरजी भएको ठाउँमा भन्ने आरोप लाग्ला, तर यसो गर्नुपरेको होइन। बिगतमा पनि मैले एकताको कुरा उठाएको छु। संघको काम गर्न मसँग योजना छन्। तर पनि यथार्थ कुरा, मैले हिजो पनि बोलेको हो र आज पनि बोल्दैछु।
संघको बिभाजनलाइ एकिकृत गर्ने स्पष्ट योजना मसँग छ। त्यसैले आफूले अध्यक्षता लिएको पहिलो दिनमा संदेश र ७ दिनमा योजना प्रस्तुत, ३० दिनमा पहिलो नतिजा र ९० दिनमा टुंगो लगाउनेछु। अरुको सम्मान, संघमा सबैको अस्थित्व र समावेसी हुँदा नै हामी बलिया र सक्रिय हुन्छौं भन्नेमा मलाइ र मेरो साथमा रहनुहुने सबैलाई विश्वास लाग्दछ।
यो अभियानमा यो पटक सबैको सहयोगको अपेक्षा सहित धन्यवाद;
महेश श्रेष्ठ
उपाध्यक्ष तथा अध्यक्षका लागि प्रत्यासी
अक्टुवर ७, २०२३
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु