दशकौं लामो देखिको काठमाडौँको फोहोर ब्यबस्थापनको समस्या सबैको चासो र प्रयास हुँदै आएकै हो। तर गत २ बर्ष देखि
गैरआवासीय नेपाली संघ-एनआरएनएका अध्यक्ष बिनोद कुँवरको पहलमा काठमाण्डौ उपत्यकाका महानगर, उपमहानगर र नगरहरुसंग धेरै प्रयास र छलफल भएका छन्।
त्यो भन्दा केन्द्रिय सरकारको तहमा पनि केहि पटक बैठक भएको थियो। त्यसैको प्रतिफल कोरियन कम्पनीले काठमाडौँको फोहोर व्यवस्थापनमा काम गर्न बञ्चरे डाँडाको स्थलगत भ्रमण र नीति निर्माण तहमा बैठक पनि गरेको छ।
अध्यक्ष बिनोद कुँवरको अग्रसरतामा कोरियन कम्पनी सेन्जेन ग्रीन एन्ड इनर्जीका उपाध्यक्ष वाङ चोइ र जोङ होउ सम्मिलित एक प्रतिनिधि मण्डलले फोहर व्यवस्थापन केन्द्रको अवलोकन गरी सहरी विकास मन्त्रालयमा मन्त्री सिता गुरुङ तथा मन्त्रालयका प्रतिनिधिहरूसँग पनि टोलीले छलफल गरेको थियो। त्यहाँका स्थानीय र कर्मचारीहरूसँग प्रत्यक्ष संवाद गरी आधुनिक प्रविधिबाट कसरी फोहरको व्यवस्थापन गर्न सकिन्छ बन्नेबारे छलफल गरेको छ।
कम्पनीले विश्वका अन्य देशहरूमा प्रयोगमा ल्याएको फोहर व्यवस्थापन प्रविधि र त्यसबाट कसरी हरित ऊर्जा उत्पादन गर्न सकिन्छ भन्ने बारेमा प्रस्तुतीकरण गरेको अध्यक्ष कुँवरले जानकारी दिए। प्रस्तुतीकरण गर्दै उपाध्यक्ष चोइले परियोजनालाई आवश्यक सम्पूर्ण सहयोग गर्न कम्पनी तयार रहेको र आवश्यक पुँजीको समेत सहुलियत दरमा व्यवस्थापन गर्न सकिने बताउनु भयो।
सो अवसरमा मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले नेपाल सरकारले पनि यस किसिमका प्रविधिहरूको अध्ययन र अवलोकन गरिरहेको भन्दै छिट्टै ग्लोबल टेन्डर आह्वान गर्ने गरेर कार्य अघि बढाउने जानकारी दिए।
बैठक पछि अध्यक्ष कुँवरले हामी गफ र चुनावका कुरा होइन काम गर्छौं, हल्ला र जस खाने होडबाजी गर्दैनौं। हामी गैर आवासीय नेपाली भनेका नेपालमा केहि काम गर्न र नेपाललाइ केहि दिनको लागि हो भन्ने कुरा बताउनु भएको छ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु