नेपाली कांग्रेसले ८ जना केन्द्रीय सदस्य मनोनीत गर्यो

Hollywood Khabar September 21,2023 Comments

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय कार्य समिति सदस्यमा मनोनीत गरेका छन्। मनोनित ८ मध्ये शेखर समूहबाट चन्द्र भण्डारी र शारदा पौडेलमात्र छन् भने बाँकी ६ जना आफ्नै पक्षका राखेका छन्। 

मनोनितहरुमा चन्द्र भण्डारी, मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, शिवप्रसाद हुमागाईं, किरणराज शर्मा पौडेल, भरतकुमार शाह, शारदा पौडेल र अनिलकुमार रुंगटा रहेका छन्। भण्डारी महाधिवेशनमा उपसभापति उम्मेदवार भई पूर्णबहादुर खड्कासँग पराजित भएका थिए। केन्द्रीय सदस्यमा मनोनीत मानबहादुर विश्वकर्मा जीवन परियारसँग सहमहामन्त्रीमा पराजित भएका थिए।