गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) कुवेतको अगष्ट १८, २०२३ मा सम्पन्न राष्ट्रिय महाधिवेशनबाट २०२३-२०२५ कार्यकालका लागी धिरेन्द्र राज सुवेदी (धिरेन) को अध्यक्षतामा निर्बिरोध नेतृत्व निर्वाचित भएको छ।
एनआरएनए एनसीसी कुवेतले छिट्टै एक विशेष कार्यक्रमको आयोजना गरि संस्थाको भावी कार्ययोजनाबारे जानकारी गराउने भएको छ। नव निर्वाचित कार्यसमितिलाई मान्यता सहितको अध्यक्ष बिनोद कुँवर र महासचिव जानकी गुरुङको हस्ताक्षर रहेको पत्र पठाइएको छ।
नव गठीत कार्यसमितिको आईसीसी सदस्यमा शुसन गौतम र संरक्षकमा युवक राई रहनुभएको छ।
- अध्यक्ष : धिरेन्द्र राज सुवेदी (धिरेन)
- बरिष्ठ उपाध्यक्ष : उमा घिमिरे
- उपाध्यक्ष : टिका राम बश्याल
- महिला उपाध्यक्ष : ईन्दिरा चाम्लिङ राई
- महासचिव : पुष्करसिंह धामि
- सचिव : गोकुल महत
- सचिव : खिम बहादुर खासु
- कोषाध्यक्ष : सन्त बहादुर तामाङ
- सह कोषाध्यक्ष : कृष्ण बहादुर भुजेल
- प्रबक्ता : पावल राई
- युवा संयोजक : विजय सारु थापा
- सह युवा संयोजक : हरि बहादुर राउत
- महिला संयोजक : सूर्य माया तामाङ
त्यस्तै, सदस्यहरुमा कृष्ण बहादुर हमाल, ईन्द्र परियार, दिपक आले, कमल थापा, संन्जय थापा, पर्शुराम घिमिरे, छविलाल सुवेदि, कृष्ण माया ढुंगाना (रोजिना) र रुजेन्द्र महर्जन रहेका छन्। सल्लाहकारहरु होम खत्री (एचपी), रुपेन बिक्रम हमाल, दीपेन्द्र बिक्रम खाँड र अमृत गुरुङ रहनुभएको छ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु