नेकपा एकीकृत समाजवादीको महाधिवेशन माघ १४ देखि १८ सम्म हुने

Hollywood Khabar September 14,2023 Comments

सत्तारुढ नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले आउँदो माघ १४ देखि १८ गतेसम्म पार्टीको दशौं महाधिवेशन गर्ने निर्णय गरेको छ।

गत भदौ ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले माघ १४–१८ मशाधिवेशन गर्ने निर्णय गरेको सो पार्टीले बिहीबार एक अपानि जारी गर्दै जानकारी गराएको छ। केन्द्रीय कमिटीको छैटौं बैठकबाट आगामी माघ १४–१८ मा पार्टीको दशौं महाधिवेशन गर्ने निर्णय भएको छ। अब हाम्रो केन्द्रीय काम महाधिवेशनको तयारीमा हुनेछ, पार्टी अध्यक्ष माधव नेपालले जारी गरेको अपानिमा भनिएको छ।

जसको तयारी अुनसार आगामी मंसिर २५ गतेभित्र सदस्यता वितरण र नविकरणको विवरण प्रमाणीकरणका लागि केन्द्रीय संगठन विभागमा पठाउने निर्णय भएको अपानिमा उल्लेख छ। माणिकरणका लागि केन्द्रीय सङ्गठन विभागमा पठाइएको र केन्द्रीय सङ्गठन विभागबाट प्रमाणिकरण भएका सदस्यले मात्र पाइने बताइएको छ ।

त्यस्तै, कात्तिक १५ गतेसम्ममा महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरू तयार गरिसक्ने अपानिमा उल्लेख छ । कात्तिक १५ देखि पुस १५ सम्म दस्तावेजहरूमा छलफल बहस चलाउने, पुस २१ मा एकैदिन प्रतिनिधि छनोट गर्ने, पुस २५ गतेभित्र प्रतिनिधि छनोटको प्रतिवेदन केन्द्रमा पठाइसक्ने र २०८० माघ ५ भित्र प्रतिनिधिहरू यकिन गरिसक्ने कार्यक्रम तय भएको छ।

नेकपा एकीकृत समाजवादीले पार्टीमा नेताहरुको जिम्मेवारी हेरफेर र मनोनयनलगायतका निर्णय गर्दै संगठनलाई चलायमान गराएको छ। आगामी माघमा महाधिवेशन गर्ने निर्णय गरेको एकीकृत समाजवादीले बिहीबार मातहतका कमिटीमा अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै नेताहरुको कार्यविभाजन र मनोनयनलगायतका निर्णयबारे जानकारी गराएको हो। जस अनुसार पूर्वमन्त्री हरि पराजुलीलाई समाजवादीले सचिवमा मनोनित गरेको छ।

केन्द्रीय समिति बैठकको म्याण्डेटअनुसार केन्द्रीय सचिवालयको बैठकले पराजुलीलाई सचिव पदमा मनोनीत गरेको जनाइएको छ। उनी वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान हुँदै एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। पार्टी प्रवेश गरेसँगै स्थायी कमिटी सदस्य मनोनीत भएका उनलाई सचिवमा मनोनीत गरिएको हो। यस्तै उनलाई लुम्बिनी प्रदेशको इन्चार्जको रुपमा थप जिम्मेवारी पनि दिइएको छ। समाजवादीमा पराजुलीसहित सचिवको संख्या ७ जना पुगेको छ।

केन्द्रीय समिति बैठक तथा भदौ १८ र २२ गते बसेको केन्द्रीय सचिवालयको बैठकको निर्णय अनुसार अन्तरपार्टी निर्देशन ११ जारी गर्दै एकीकृत समाजवादीले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको पनि जनाएको छ। थपिएका केन्द्रीय सदस्यहरुमा अजबहादुर मल्ल, ओमचरण अमात्य, गौतम राई, गोविन्द चेपाङ, चन्द्रा श्रेष्ठ, चिरञ्जीवी भट्टराई, जयप्रकाश यादव, दिपक केसी, धनबहादुर कार्की, धर्म शाही, नन्द बञ्जाडे, बरुनाथ योगी, बैकुण्ठ भुसाल, भक्तिमान सुब्बा, मिना लामा, रामप्रसाद ढुंगाना, लंक हमाल, शालिकराम भट्टराई, शिवकुमारी खनाल, शैलेन्द्र उपाध्याय र सुदेश पराजुली रहेका छन्।

अन्तरपार्टी निर्देशनमा केन्द्रीय आयोगहरुका सदस्यहरु पनि थपघट गरिएको उल्लेख छ। प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार केन्द्रीय अनुशासन आयोगमा अध्यक्षसहित ३६ जना रहेका छन्। यसैगरी केन्द्रीय लेखा परीक्षण अयाोगमा ३२, निर्वाचन आयोगमा ३६ जना रहेका छन्।

यसैगरी केन्द्रीय सल्लाहकारको रुपमा टीकाराम रिजाल, शिवधारी पटेल, वीरेन्द्रबहादुर राई, इन्द्रबहादुर थापा र नीलकण्ठ पौडेल रहेका छन्। यस्तै ज्येष्ठ कम्युनिस्ट मञ्चको सदस्यमा राजन श्रेष्ठ, केन्द्रीय परिषद् सदस्यमा पनि राजीव गुरुङ उर्फ दीपक मनाङे सहित १३ जना रहेका छन्।

खतिवडाका अनुसार परिषद् सदस्यमा मनोनीत हुनेहरुमा मनाङे सहित चिरिञ्जीवी पाण्डे, अच्युत पाण्डे, दिनेश रावल, नवराज अर्याल, समसुद्दिन सिद्धिकी, भद्रप्रसाद देवकोटा, हेमन्त रेग्मी, रमेशबाबु श्रेष्ठ, अमृतसागर बस्नेत, हरि खड्का, विकेश लामा, संग्राम लामा, पदम थापा, सूर्य पाख्रिन, भीमबहादुर र प्रा.डा. होमबहादुर बडुवाल रहेका छन्। समाजवादीले केन्द्रीय विभागको सदस्यमा पनि २० जनालाई मनोनीत गरेको छ। गुरुङ मनाङबाट गण्डकी प्रदेशसभामा स्वतन्त्र विजयी भएपनि चुनावलगत्तै एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।

यसैगरी समाजवादीले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर पनि गरेको छ। यस पटक सङ्घीय निर्वाचन क्षेत्रसम्म केन्द्रीय कमिटीका सदस्यलाई इञ्चार्ज बनाउने गरी कार्यविभाजन गरिएको अन्तरपार्टी निर्देशनमा उल्लेख छ। जसअनुसार अध्यक्ष माधवकुमार नेपालले समग्र पार्टी कामको नेतृत्व गर्नेछन् भने महासचिव घनश्याम भूसालले समग्र साङ्गठनिक कामको अनुगमन र मोर्चा सङ्गठनका कामको विशेष अनुगमन गर्नेछन्।

यसैगरी विदेश विभाग प्रमुखमा झलनाथ खनाल, उपप्रमुखमा प्रमेश हमाल, प्रतिष्ठान विभागमा इन्चार्ज प्रदीप नेपाल, संगठन विभागमा प्रमुख डा वेदुराम भुसाल रहेका छन् भने उपप्रमुखका रुपमा प्रकाश ज्वालालाई तोकिएको छ।

राजेन्द्र प्रसाद पाण्डेलाई संसदीय विभागको प्रमुखको जिम्मेवारी दिइँदा प्रचार विभाग प्रमुखमा जगन्नाथ खतिवडालाई नै निरन्तरता दिइएको छ।

अर्थ योजना विभागको प्रमुखमा विजय पौडेलसहित विभिन्न ३३ विभागमा प्रमुख उपप्रमुख तोकिएको हो। यसैगरी समाजवादीले सातै प्रदेश प्रदेश इन्चार्ज, सहइन्चार्ज र पदाधिकारी पनि टुंगो लगाएको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा इन्चार्जसहित आवश्यकताअनुसार सहइन्चार्ज र पदाधिकारी टुंग्याइएको हो।

यसैगरी राष्ट्रिय समाजवादी जागरण मुल आयोजक कमिटी, राष्ट्रिय समाजवादी जागरणयत्रा मूल व्यवस्थापन समिति पनि गठन गरेको छ । समाजवादीले केन्द्रीय कमिटीको छैटौँ बैठकबाट नै आगामी माघ १४-१८ मा पार्टीको दशौँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।

सोही अनुसार अब पार्टीको केन्द्रीय काम महाधिवेशनको तयारीमा हुने भन्दै सोहीअनुसार कार्यतालिका पनि बनाएको छ। जस अनुसार असोज ५ गतेभित्र पार्टीका प्रदेश कमिटी तथा जिल्ला कमिटी र जनसङ्गठनका केन्द्रीय कमिटी-समितिका बैठक बसी विद्यमान कमिटीहरू अद्यावधिक तथा पार्टी सदस्यता÷सङ्गठित पार्टी सदस्यता नविकरण एवम् नयाँ सदस्यता वितरण र असोजमा सञ्चालन गरिने मेची–महाकाली राष्ट्रिय अभियानको समेत योजना बनाउने तय गरिएको छ।

यसैगरी असोज महिनाभर केन्द्रीय कमिटीको छैटौँ बैठकले निर्णय गरे अनुसारको मेची-महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्नुका साथै असोज १ गतेदेखि लिएर मंसिर २० गतेसम्म विद्यमान कमिटीहरू अद्यावधिक गर्ने र पार्टी सदस्यता-सङ्गठित पार्टी सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण अभियान सञ्चालन गर्ने तय गरिएको छ।

यस्तै मंसिर २५ गतेभित्र सदस्यता वितरण र नविकरणको विवरण प्रमाणिकरणका लागि केन्द्रीय सङ्गठन विभागमा पठाउने, विभागबाट पुस १० गतेभित्र प्रमाणिकरण गरेर फिर्ता पठाउने, माघ ५ भित्र प्रतिनिधिहरू यकिन सक्नेगरी विस्तृतमा कार्यतालिका बनाइएको छ।