कांग्रेस केन्द्रीय समिति बैठक असोज सम्म सर्यो

Hollywood Khabar September 13,2023 Comments

नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यसमितिको बैठक असोज ४ सम्मको लागि पछि सारिएको छ। आउँदो २ असोजका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक ४ असोज दिउँसो १ बजे बस्नेगरी सारिएको हो। बैठक सार्नुको कारण नखुलाइए पनि बैठक सारिएको कुरा भने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।