शंकर बजगाई

एमाले युवा संघ नेपाल कोशीको अध्यक्षमा शंकरको दावेदारी

Hollywood Khabar September 05,2023 Comments

मोरङ/एमाले युवा संघ नेपाल कोशी प्रदेशको अध्यक्षमा लोकप्रिय युवा नेता शंकर बजगाईले उम्मेदवारी दिने भएका छन्।

निडर हक्की र स्पष्ट बक्ताका रुपमा मानिने बजगाई सामाजिक काममा पनि उत्तिकै क्रियाशिल छन् भन्ने दावी छ। यहि भाद्र २३ र २४ गते धरानमा हुन गईरहेको युवा संघ कोशीको अधिवेसनमा आफ्नो उम्मेदवारी पक्का रहेको बजगाईले बताए। कुनै गुट उपगुट भन्दा पनि सबैको साझा उम्मेदवारको रुपमा आफुलाई उभियाएको बजगाईको दावी छ।

अध्यक्षको लागि आफु योग्य उम्मेदवार रहेको बताँउदै बजागाईले भने, क्षमता भएको र संगठनलाई चलयमान बनाउन सक्नेलाई नेतृत्वमा ल्याउनुपर्छ, म मा त्यो क्षमता छ। मलाई विश्वास छ सबैको साथ सहयोग पाउनेछु। पार्टी संगठनमा निक्कै क्रियाशिल शंकरको दावेदारीले युवाहरु खुशी भएका छन्।

उहाँहरुको विश्वास छ, शंकर बजगाँईको नेतृत्वमा राष्ट्रिय युवा संघ कोशी प्रदेशले ऐतिहाँसिक सफलता, संगठन बलियो, चलयमान, संगठन गरिमा बढ्ने देखी लिएर संगठनले हरेक क्षेत्रमा आमुल परिवर्तन ल्याउने कुरामा विश्वस्त छौ। 

शंकर संगठनमा मात्र नभएर संगठन बाहिर पनि उत्तिकै लोकप्रिय छन्। पार्टी भित्र बाहिर युवाहरुले सामाजिक काम, समस्या,साथ सहयोगमा शंकरलाई नै खोज्ने गरेको पाईन्छ। गाउँ समाजमा दिनदुखी असाहय दुखबिराममा परेकोहरुले शंकरको साथ सहयोग र पहलकदमीले दुखमा मल्हम पट्टी लगाँउदै आएका छन्।

बजगाईले संगठनलाई बिधि,पद्धती र नयाँ दिशमा अगाडी बढाउन आफ्नो उम्मेदवारी रहने बताए। युवा पुस्तालाई स्थापित गर्न, राजनितीलाई संस्कारयुक्त बनाउनका लागि म अगाडी सरेको छु, बजगाईले भने।