अमेरिकी राष्ट्रपति जो बाइडेन

लेबर डे को उपलक्षमा राष्ट्रपति बाइडेनले आफू युनियनसँग फ्रेण्ड्ली भएको दावी गरे

Hollywood Khabar September 04,2023 Comments

एपीन्यूज/अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबर डे को उपलक्षमा अमेरिकी अर्थतन्त्र सुधार्नको लागि अमेरिकन वर्करसंग अनुरोध गर्दै आफू सबै भन्दा धेरै युनियनसँग फ्रेण्ड्ली भएको दावी समत गरेका छन्। सोमबार उनको होम स्टेट फिलाडेल्फियामा आयोजित युनियनको कार्यक्रममा राष्ट्रपति बाइडेनले सो कुरा बताएका हुन्।  

राष्ट्रपति बाइडेनले अमेरिकी अर्थतन्त्र कोरोनाभाइरस महामारीबाट पुन: उकालो लागिरहेको र आफ्नो प्रशाशनले पूर्वाधार सुधारको लागि ठुलो बजेट ब्यबस्था गरेको बताए। त्यसैगरी उनले मध्यम वर्गको उन्नतिको लागि युनियनको महत्त्व रहेको समेत उल्लेख गरे।

कार्यक्रममा उपस्थित ठुलो संख्यालाई संबोधन गर्दै उनले भने, यस लेबर डे हाम्रो रोजगारीको बृद्धि, राम्रो पे रेट गर्न र आम्दानीले आफ्नो परिवार पाल्न सक्ने कामको लागि मनाउँदै छौं। लेबर डे को रुवात देखि नै यसैका लागि मनाउने गरिएको हो र यसपटक सोहि रुपमा मनाउँदैछौं। राष्ट्रपतिले आफ्नो हातमा माइक्रोफोन समातेर बोल्नु पहिला “युनियन स्ट्रोङ्ग” लेखिएको ब्यानर वरिपरि हिँडे।अमेर्कामा लेबर डे सरकारी बिदाको दिन हो।