चुच्चे नक्साकाे कुरा छोडौं बेइजिङ चाहिं जाउँ-माओवादी प्रवक्ता सापकोटा

Hollywood Khabar September 01,2023 Comments

काठ्माण्डौ महानगरका मेयर बालेन्द्र शाहले नेपालको नक्सा कटेर प्रकासित गरेपछि आफ्नो भ्रमण रद्द गरेपछि बिषयले सबैलाई तानेको हो। एक किसिमले हेर्ने हो भने सरकार निरिह र मेयर शाह कुटनैतिक भएको प्रमाणित गरेको हो। सरकारको स्वाद चाखेका कुनै पनि दलले भारतले मिचेको यो नक्साको कुरा गर्न सक्दैनन-गर्दैनन।  

तर बिषयले उत्पात मच्चायेपाची माओवादीले बक्तब्य नै निकाल्यो। नेकपा माओवादी केन्द्रले चीनले नेपालको चुच्चे नक्सा नसमेटेको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणमा कुरा राख्ने बताएको छ। शुक्रबार माओवादी विशेष अभियानका सम्बन्धमा गरेको पत्रकार सम्मलेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले नक्सा विवादबारे प्रधानमन्त्रीले कुटनैतिक तवरबाट कुरा राख्ने जानकारी दिएका हुन् ।

चीनले किन यस्तो गर्यो भन्ने सम्बन्धमा पार्टी र सरकारले पनि चासो दिएको भन्दै उनले कुटनैतिक तबरबाट हल गर्ने बताए। चीनले किन यसो गरेको यसबारे कुटनैतिक तवरबाट हल खोजिनुपर्छ। हाम्रा प्रधानमन्त्रीज्यू चीन भ्रमणमा जाँदै हुनुहुन्छ । यस विषयमा कुरा राख्नुहुन्छ’, उनले भने, ‘चुच्चे नक्सा सम्बन्धमा अघिल्ला सरकारले पनि चीनलाई जारी गराइसको जानकारी दिएका छन् । के कसो भएको हो हामी बुझ्ने प्रयास गरिरहेका छौं।

नेपालको प्रतिनिधिसभाले २०७७ जेठमा सर्वसम्मत रुपमा चुच्चे नक्सा जारी गरेको थियो । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर राखिएको त्यस नक्सालाई मान्यता नदिएर चीनले नेपालको पुरानै भूभाग देखिने गरी नक्सा निर्माण गरेको छ।

प्रधानमन्त्री प्रचण्ड बेइजिङ भ्रमणमा जाने तयारी गरेकाले यसबार उहीँ गएर अडान राख्ने तयारी भएको प्रधामन्त्रीको सचिवालयले बताएकाे छ । चीनको नक्साबारे अहिले केही प्रतिक्रिया जनाइहाल्ने भन्दा पनि उतै पुगेर आफ्ना अडान चीन समक्ष प्रस्तुत गर्ने प्रधानमन्त्रीको तयारी रहेकाे छ।