अवैध लागू औषधसहित चार जना पक्राउ

Hollywood Khabar August 28,2023 Comments

नेपाल प्रहरी तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध गाँजा करिब १ किलोसहित चितवन ईच्छाकामना गाउँपालिका-५ बस्ने ३० वर्षीय तिलक गुरुङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग.२ ख ९१७ नम्बरको बसमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित पक्राउ गरेको हो।

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर ८ सय ६० मिलिग्रामसहित बाँके खजुरा गाउँपालिका-४ बस्ने २२ वर्षीय धिरेन्द्र बहादुर खत्रीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनी बर्दियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगरसहित पक्राउ गरेको हो।

धादिङ, गजुरी गाउँपालिका-६ आदमघाटबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ५ सय ग्रामसहित गजुरी गाउँपालिका-८ चैनपुर बस्ने ५६ वर्षीया सिता देबी अधिकारीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। अस्थाई प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित पक्राउ गरेको हो।

यसैगरी धादिङ, गजुरी गाउँपालिका-२ मलेखुबाट अवैध लागूऔषध गाँजा १९ किलोग्रामसहित गोरखा भिमसेन थापा गाउँपालिका-३ घ्याम्पेसाल बस्ने १६ वर्षीय किशोरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरीले बा.५४ प ६९१६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो। सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।