ललितपुर कालेश्वरका सर्जक कृष्ण दाहालको कपिराङ देखि कुपोन्डोलका परिस्थिति

चर्चामा पीरको पहाड

Hollywood Khabar August 27,2023 Comments

ललितपुर/लोकगीत लेखनमा वि. स २०६६ देखि उदाएका ललितपुर कालेश्वरका सर्जक कृष्ण दाहालले पछिल्लो पटक अलग स्वाद पीरको पहाड सार्वजनिक गरेका छन्। मनछुने लोकलयमा रचित र संगीतबध्द उनको आफनै गीतमा लोक गायक प्रकाश सापकोटा र लोक गायिका दीपा सापकोटाले स्वर दिएका छन्। साथै सर्जककै स्वरमा पनि गीतमा सुन्न सकिन्छ।

ललितपुरको कपिराङ देखि कुपोन्डोलका परिस्थिति भिडियो र शब्द दुवैमा देख्न सकिन्छ। नारायण दंगालको एरेन्ज रहेको गीत पीरको पहाड मूलत दक्षिण ललितपुरको कथामा आधारित छ। यस अघि दाहालका ललितपुर पहिचानसम्बन्धि दुई भाग गीत सार्वजनिक भैसकेका छन्।