गैरआवासीया नेपाली संघ अमेरिका-एनआरएनए अमेरिका (Non-Resident Nepali Association-NRNA, USA) को राष्ट्रिय महाधिवेशन सेप्टेम्बर ३, २०२३ मा हुने भएको छ।
अगष्ट ११ , २०२३ मा बसेको गैरआवासीया नेपाली संघ अमेरिकाको बैठकले संघको राष्ट्रिय महाधिवेशन सेप्टेम्बर ३, २०२३ मा गर्ने निर्णय गरेको छ। अध्यक्ष सुर्य लम्सालको अध्यक्षतामा जुममा बसेको बैठकले अरु थुप्रै एजेन्डाहरु माथि निर्णय गरेको छ।
- एनआरएनए अमेरिकाको २०२३-२०२५ कार्यकालको लागि पंजीकृत सदस्यता लिने अन्तिम मिति अगष्ट २५, २०२५ सम्म निर्णय गरिएको छ।
- साधारण सदस्यता शुल्क ५ डलर छ
- आजीवन सदस्यता शुल्क ७५ डलर छ
- २०२१ या त्यस पहिला संघको पंजीकृत सदस्य बन्नु भएका सदस्यहरुले नवीकरण भरेर ५ डलर तिरेर साधारण सदस्यता नवीकरण गर्न सक्नुहुनेछ।
- त्यसैगरी २०२१ भन्दा पहिला आजीवन सदस्य बन्नु भएका आजीवन सदस्यहरुले आफ्नो डिजिटल मेम्बर आइडी या आजीवन सदस्य भएको प्रमाण अपलोड गरेमा उहाँहरुको सदस्यता निशुल्क नवीकरण हुनेछ।
संघका प्रवक्ता बिराज भण्डारीका अनुसार निर्वाचन प्रक्रिया र अन्य तयारी आगामी बैठकले निणर्य गर्ने भएको छ। तर तत्काल निर्वाचन भन्दा पनि सदस्यता लिने समय हो, त्यसैमा हामी केन्द्रित छौं। यो मेम्बर्शिप ड्राइभ होइन सदस्यता ग्रहण गर्ने समय हो।
उम्मेदवार को हुन्छ र नेतृवमा को जान्छ भन्ने कुरा गौण हुन्। त्यो कुरा अधिवेशनको एउटा पाटो मात्र हो। निर्वाचनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व दिने हो। त्यो महाधिवेशनको एक हिस्सा मात्र हो, मुख्य केन्द्रित बिषय चुनाव होइन महाधिवेशन हो, प्रवक्ता भण्डारीले भन्नुभयो।
सदस्यता लिने लिकं: https://nrnamerica.org/Registration/
Click here for membership : Registration – Non-Resident Nepali Association, USA
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु