लन्डन।स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत बद्रि केसी गुटको गैरआवासीया नेपाली संघएनआरएनए युकेको अधिवेशनमा प्रमुख अतिथिको रुपमा निमन्त्रित भएर गएका थिए तर कार्यक्रम नै छोडेर अन्यत्र गएको कुराले खलबली मच्चाएको छ।
एनआरएनए युकेका निर्वाचित अध्यक्ष प्रेम गाहा मगरलाइ तेजोबध गरेर डा बद्रि केसी गुटले बनाएको एनआरएनए युकेको समूहले आइतबार अल्डरसटमा गरेको ११ औं राष्ट्रिय महाधिवेशनका बहुर प्रचारित प्रमुख अतिथी स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले कार्यक्रममा सहभागी हुन आफ्नो विवेकले नदिने भन्दै अन्यत्र गएका छन्। विशेष अतिथी भनेर निम्त्याइएका राजदूत ज्ञानचन्द्र आचार्य पनि कार्यक्रममा गएनन् कार्यक्रममा गएनन। त्यसपछि मन्त्री र राजदूतले कुर्दा-कुर्दा झण्डै तीन घण्टा ढिला कार्यक्रम शुरु हुन पुगेको बताइन्छ।
कार्यक्रममा नगएका मन्त्री बस्नेत सांझ भने अल्डरसटमै नेपाली जनसम्पर्क समिति बेलायतको कार्यक्रममा गएर अध्यक्ष प्रेम गाहामगरलाई, तपाईं आधिकारिक अध्यक्ष हो भन्दै सम्मान गरेका थिए। उक्त कार्यक्रममा मन्त्री बस्नेत प्रमुख अतिथी र गाहा मगर विशेष अतिथीका रुपमा उपस्थित भएका थिए। अध्यक्ष प्रेम गाहा मगर पक्षको राष्ट्रिय महाधिवेशन २२ जुलाईमा हुँदैछ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु