कृष्ण के सी, अमेरिका, मे १८, २०२३
गैरआवासीय नेपाली संघ-एनआरएनएको हावा हल्ले पनि हुरीबतास भन्ने, आफ्नो स्वार्थको लागि स्व-घोषित ब्याख्या गर्नेहरुको लुर्कन संघमा लामो नै छ। उसो त संघमा बिषयको अध्ययन गरेर, वास्तविक रुपमा आफूलाई स्वार्थ भन्दा बाहिर राखेर जानेहरु अत्यन्तै कम छन्। कोहि जस पाउनको लागि त कोहि स्वार्थ सिद्ध गर्नको लागि मरिमेट्ने लोभी-पापीहरु पनि स्वार्थका लागि तल्लिन छन्।
पछिल्लो समय नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको रोहबरमा एनआरएनका दुइ पक्ष बसेर गरेको प्रारंभिक संझौता आएको छ। त्यसले सबै कुरा समेटेको छैन। बिगतका दुवै पक्षले गरेका निर्णयहरु समेटेको छैन। अत्यन्तै महत्वपूर्ण कुरा, हामीले बैठकले पारित गरेका आधारभूत कुरा पनि उल्लेख छैनन। संघमा आएको समस्या समाधान गर्न गरिएको पहिचानको उल्लेख त कुरै छाडौं त्यो बिषय नै बलत्कृत भएको छ।
तर पनि एकाथरी दिमागम कुपोषण हुनेहरु यसलाई अन्तिम धर्म ग्रन्थ रामायण र महापुराण भन्दै फेसबुके भजन गाउनमा व्यस्त छन्। स्वर फुक्नेको भैलो देख्दा त हैरान नै हुन्छ। अध्ययन र विश्लेषण बिनाको वाचन अर्थात विचारमा गरिवी भएका प्राणिहरु।
उसो त पछिल्लो समय धेरैमा कनफ्यूजजन पनि आएको छ। त्यसको एक वाक्यमा यति मात्र भनौं, गैरआवासीय नेपाली संघको बिधान परराष्ट्र मन्त्रालयबाट स्वीकृत नभए सम्म हस्ताक्षरको कुनै अर्थ छैन। परराष्ट्र मन्त्री एनपी साउदले ४ दिनको समय भन्नु भएको छ। त्यो समय सम्म बिधान स्विकृत भएन भने यो सबै फेसबुके भजन स्वाहा हुनेछन।
त्यो समय सम्म संघका सबै गतिबिधि नियमित छन्, हुने छन् र रोकिएको छैन। बिधानको स्वीकृति नै पहिलो र अन्तिम कुरा हो। कसैलाई मन परे या नपरे पनि अन्तिक कुरा नै यहि हो।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु