दुइ एनआरएनएलाइ एक बनाउन प्रधानमन्त्री दाहालको उपस्थितिमा सहमति, परराष्ट्र मन्त्रालयमा रोकिएको बिधान स्वीकृत हुने

Hollywood Khabar June 17,2023 Comments

विज्ञप्ति

गैरआवासीय नेपाली संघ-एनआरएनएको १० औं महाधिवेशनपछि दुईतिर अलग-अलग क्रियाकलाप गर्दै हिँडेका दुवै एनआरएनए प्रतिनिधि बोलाएर परराष्ट्र मन्त्रालयमा रोकिएको बिधान स्वीकृतपछि दुवै एनआरएन एकै ठाउँमा ल्याउने कुरामा प्रधानमन्त्री पुष्प कमल दाहालको अगाडी नै सहमतिमा हस्ताक्षर भएको छ।

जुन १८, २०२३ आइबतर दुवै पक्षका अध्यक्ष बिनोद कुँवर र डा बद्रि के सी सहितको प्रतिनिधिलाइ भेटेर कुराकानी पछि प्रधानमन्त्री दाहालले एनआरएन दुइटा हुनु हुँदैन एउटा हुनुपर्छ, त्यसका लागि सरकारले के गर्नु पर्यो भन्ने जिज्ञासा राख्नुभयो।

त्यसपछि दुवै पक्षबाट आ-आफ्ना कुराहरु राखिए। अध्यक्ष बिनोद कुँवरले परराष्ट्रमा आफ्नो रोकिएको बिधान स्वीकृतपछि आफूहरुलाइ एकै ठाउँमा हुनमा कुनै अप्ठेरो नरहेको बताउनु भएको थियो। त्यसमा अर्का पक्षका अध्यक्ष डा बद्रि के सीको पनि कुनै बिरोध रहेन। 

जवाफमा प्रधानमन्त्रीले आफूले परराष्ट्र मन्त्रालयसँग बिधान स्वीकृतका बिषयमा कुरा गर्ने, बिधान स्वीकृति हुन्छ अनि तपाइँहरु दुवै पक्ष परराष्ट्रसँग बसेर एक एनआरएन बनाउने बिधि पुरा गर्नु भन्ने निर्देशन दिनुभएको छ।

त्यसपछि सो भेटघाटमा पूर्व अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा, प्रधानमन्त्री दाहालको रोहबरमा दुवै पक्षहरूबिच एकताको सहमतिमा हस्ताक्षर भएको छ। यसपछि विभाजित भएको एनअरएन अभियान अब एक ठाउँमा आउने भएको छ। यसले विदेशमा बस्ने नेपालीलाई खुसी बनाएको छ।

भेटघाट पछि अध्यक्ष बिनोद कुवरले भन्नुभयो, यसका लागि दुवै पक्षका नेतृत्वकर्ता, वार्ता समितिहरूको मुख्य योगदान छ। विभाजनमा रहेको एनआरएनए अभियानलाई एक ठाउँमा ल्याउनको लागि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आफ्नो तर्फबाट निकै भूमिका थियो, उहाँलाइ हार्दिक धन्यवाद ज्ञापन गर्दछु। 

एकताबद्ध बनाउनको लागि वर्तमान अध्यक्षहरु डा बर्दी के सी, अध्यक्ष  विनोद कुँवर र वार्ता समितिका संयोजक जानकी गुरुङ र डिबी क्षेत्री तथा उपाध्यक्ष आरके शर्माको उपस्थिति रहेको थियो। 

यस बाहेको संघका धेरै व्यक्तिहरुको विभाजन भएको संस्था एकताबद्ध बनाउन ठुलो योगदान रहेको छ। यसमा बाँकी कामको लागि परराष्ट्र मन्त्रालयमा छलफल हुनेछ। विभाजित भएको एनआरएनएलाई एकताबद्ध बनाउनको लागि पर्ने दुवै पक्षका पदाधिकारीहरू, पार्सदहरु, सञ्चारकर्मी तथा सरोकारवालाहरु सबै पक्षप्रति हार्दिक आभार।

जानकी गुरुङ

महासचिव तथा समायोजन संवाद समिति संयोजक

गैरआवासीय नेपाली संघ

जुन १८, २०२३