नेकपा एमालेको प्रवासी नेपाली मञ्च-ओएनएफ अमेरिकाको वार्षिक साधारण सभा केन्टकी राज्यको लेक्सिन्टन सिटीमा सम्पन्न आयोजना गरिएको कुरा आयोजनहरुले बताएका छन्।
मंचले दिएको सूचना अनुसार जुन १७, २०२३ शनिबार हुने वार्षिक साधारण सभालाई सम्बोधन गर्न प्रमुख अतिथि नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, महिला नेतृ सुजिता शाक्य र विदेश विभाग प्रमुख डा. राजन भट्टराई केन्टकी आईपुग्ने जनाइएको छ।
मंचले कार्यक्रममा अमेरिकाको विभिन्न राज्यमा बसोवास गर्ने प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटी, उत्तर अमेरिका क्षेत्रीय कमिटी, राष्ट्रिय कमिटी, तथा राज्य कमिटीका पदाधिकारी, सदस्य र विभागीय जिम्मेवारीमा रहेका करिब २०० भन्दा बढी जिम्मेवार साथीहरूको उपस्थिति रहने बताईएको छ।
कार्यक्रममा विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूले शुभकामना दिनुका साथै विभिन्न विषयविज्ञहरूले सम्बन्धित विषयमा आ-आफ्ना धारणा लिखित प्रस्तुति सहित राख्ने कार्यक्रम छ।
१. बहुध्रुवीय विश्वमा असंलग्नता: अवसर र चुनौति (डा. दिनेश पौडेल)
२. हिमालय क्षेत्रमा जलवायु परिवर्तन र नेपालमा यसको वातावरणीय प्रभाव, (डा. रूद्र अर्याल)
३. समावेशी समृध्दि र दिगो विकास: नेपालको सर्वाङ्गीण विकासको बाटो (डा. सतीश देवकोटा)
४. राष्ट्रिय हितको कसीमा गैर-आवासीय नागरिकता (डा. कृष्ण ढकाल र छबि पाण्डेले प्रस्तुत गर्नु हुने बताईएको छ।
यसका अलवा, नेपालको समसामयिक राजनीतिक परिस्थिति; ज्ञान,सीप, प्रविधि र लगानी नेपालभित्र भित्र्याउन ओएनएफ, एनआरएन लगायतका महत्वपूर्ण संस्थाहरूले खेल्नु पर्ने भूमिकाका बारेमा विगतको समीक्षा गर्दै भावी कार्यदिशा र कार्ययोजना तय गरिने कुरा पत्रकार सम्मेलनमा जानकारी गराएको थियो । पत्रकारहरुका प्रश्नको जवाफ ओएनएफ अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेले दिनु भएको थियो।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु