गैरआवासीय नेपाली संघको ११ औं महाधिवेशन मार्च २०२४ मा गर्नेबारे छलफल सुरु

Hollywood Khabar June 04,2023 Comments

कृष्ण के सी, अमेरिका, जुन ४, २०२३

गैरआवासीय नेपाली संघ-एनआरएनएको ११ औं महाधिवेशन मार्च २०२४ मा गर्नेबारे छलफल सुरु भएको छ। संघको १० औं महाधिवेशन गत मार्च २०२२ मा काठमाण्डौको होटल याक एण्ड यतिमा सम्पन्न भएको थियो।

बिगत देखि अक्टुवरमा गर्ने गरिएको सम्मेलन केवल बिरालो बाँध्ने प्रचलकै रुपमा लैजानु पर्ने कुनै तात्विक कारण भने देखिएन। 

उसै पनि संस्थालाइ वास्तिविक रुपमा अगाडी लाइजना र आम गैरआवासीय नेपालीहरुका बीच लाइजनको लागि अक्टुवर २०२३ को सट्टा मार्च २०२४ मा सम्पन्न गर्न छलफल सुरु भएको छ। यसका लागि सदस्यता वितरण, नविकरण देखि राष्ट्रिय महाधिवेशन सम्मका योजना रहेका छन्।

यो नयाँ बिषयले सदस्यता वितरण, राष्ट्रिय महाधिवेशन देखि अन्तराष्ट्रिय महाधिवेसहन सम्मका कार्यतालिका फरक रुपमा निर्धारण गर्नेछ।

मध्येपूर्व लगायत कतिपय देशमा संस्था दर्ता नै नहुने अवस्था रहेकाले विकल्प के हुन सक्छ भन्ने छलफलको बिषय भएको छ। यस बिषयमा छिट्टै बैठक बसेर निर्णय गरिने भएको छ।