एनआरएनएका पंजीकृत सदस्यहरु नेपाल गएर महाधिवेशन प्रतिनिधि हुने ब्यबस्था छ:पूर्वअध्यक्ष डा घले

Hollywood Khabar June 03,2023 Comments

गैरआवासीय नेपाली संघ-एनआरएनएका पूर्वअध्यक्ष डा शेष घलेले एनआरएनएका सबै पन्जिकृति सदस्यहरुले महाधिवेशनमा नेपाल पुगे महाधिवेशन प्रतिनिधि हान पाउने ब्यबस्था छ भनेका छन्। 

एनआरएनएक पूर्वअध्यक्ष डा शेष घलेले गैरआवासीय नेपाली संघ अमेरिकाद्वारा न्यूयोर्कमा शुक्रबार आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

घलेले अन्य देशका पर्यटक भन्दा नेपालीहरु काठमाण्डौंमा जादा धेरै पैसा खर्च गर्न सकिएको चर्चा गर्दै संघको विश्व सम्मेलनमा काठमाण्डौंमै जम्मा भएर सम्पन्न गर्ने ब्यबस्था छ र त्यसै गर्न आग्रह गरे। उनले संघका सबै पन्जिकृति सदस्यहरुलाई काठमाण्डौंमा गएपछि स्वतः प्रतिनिधि हुन पाउने व्यवस्था बिधानमा नै छ, त्यो अन्त खोज्नु पर्दैन केवल पालन गरेपुग्छ।

अर्को प्रसङ्गमा उनले सरकारद्धारा जारी गर्न लागेको एनआरएन नागरिकता हामीले भनेको जस्तो ऐन आएन, धेरै कुरा लवी गर्न बाँकी छन् तर पनि केहि नभएको ठाउँमा केहि भयो। त्यसैले तत्काल गैरआवासीय नेपाली नागरिकता लिनु नै उपयुक्त हुने बताएका छन्।

उनले एनआरएन नागरिकता लिएपछि एनआरएन परिचयपत्र बोक्न पर्दैन, नागरिकता लिन नचाहनेले परिचय पत्र लिन या नलिन पनि सक्छन त्यो उनीहरुको आफ्नो कुरा हो, उनले भने। 

पूर्वअध्यक्ष डा घलेले यसअघि सरकारद्धारा जारी एनआरएन ऐनमा विदेशमा रहेका नेपालीहरुलाई नेपाली सरह लगानी गर्न बाटो खोले पनि राजपत्रमा सो ऐन प्रकाशन नहुंदा नेपाली सरह लगानी गर्न नसकिएको बताए।

कार्यक्रममा गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्ष सोनाम लामाले एनआरएन नागरिकता ल्याउन पूर्वअध्यक्ष डा घलेको महत्वपूर्ण भूमिका रहेको बताए। उनले राष्ट्रपतिद्धारा एनआरएनए नागरिकता विधेयक स्वीकृत गर्नु स्वागत योग्य कदम भएको पनि बताए। उनले अब सम्पूर्ण पंजीकृत सदस्यहरु काठमाण्डौंमा गएर एकताको महाधिवेशन गर्न आग्रह गरे।