कृष्ण के सी, अमेरिका, मे २३, २०२३
गैरआवासीय नेपाली संघ-एनआरएनए पूर्व अध्यक्षहरु जीवा लामिछाने र डा उपेन्द्र महतो अर्थत लामिछाने-महतो समूहमा ११ औं माहाधिवेशन र आगामी नेतृत्वको बिषयलाइ लिएर विवाद छताछुल्ल नै भएको छ।
निजी स्वार्थको लागि गैरआवासीय नेपाली संघलाइ कब्जामा लिएर आएका रसियन माफीयाहरुले संघमा कुटिल राजनीति गर्दै आएका थिए। लामिछाने-महतो समूहको अस्थित्व २०२१ मा पुग्दा धरापमा पुगेको थियो।
अन्तिम समयमा उनीहरुले नेपाली कांग्रेसका उपसभापति पूर्वबहादुर खड्का र महामन्त्री गगनकुमार थापालाइ प्रलोभनमा लिएर कुल आचार्य सहितको टुकडीलाइ कमैया बनाएर लगे। उनीहरुको दासत्व सुरुमा काम गर्न नदिनेमा सिमित थियो भने पछिल्लो समयमा आएर लडाइमा परिणत भएको छ।
कुल आचार्य समूह आगामी नेतृत्व जो सुकैले लिए पनि एकताको ११ औं महाधिवेशन गर्नुपर्ने कुरामा आउन थालेका छन्। कुनी के गरेपछि दैलो देख्ने भनेझैं यो बिषय उठाउन एकदम ढिलो आएर उभिएका छन्। उता डा बद्रि के सी, हेमराज शर्मा, गौरी जोशीहरु त्यसको विपक्षमा छन्। उनिहरुको यो गाइ या त्रिशूल गर्ने चरम विवाद एकताको ११ औं महाधिवेशन सम्म पुग्दा समूह नै टुक्रिने अवस्थामा नै पुगेको छ।
दुइ एनआरएनएहरुको संयुक्त बैठक बस्ने टिमको अबधि मे ५, २०२३ मा नै समाप्त भएको हो। यसको कारण डिबी क्षेत्रीको टिम तयारी नै नगरी गएको, एजेन्डा नै प्रस्तुत नगरेको, अर्को पक्षका एजेन्डामा पनि छलफल गर्न नमानेका कारण उनीहरु एकताको ११ औं महाधिवेशनको पक्षमा नरहेको सावित भएको छ।
पछिल्लो समय महेश श्रेष्ठले डिबी क्षेत्रीको टिम नतिजा दिन असफल भएकाले आफैं अगाडी आउने प्रयास गरेका थिए। तर त्यो प्रयासलाइ उपेन्द्र महतोले दबाइदिए। टालेको भोटो फाट्दै गएको छ, उनीहरुमा केवल लडाइ मात्र बाँकी छ त्यो पनि अक्टुवार सम्म पुग्ला या नपुग्ला हेर्न बाँकी छ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु