नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री, सचिव देखि अन्य ३३ कसुरदार भएको प्रहरी प्रतिवेदन

Hollywood Khabar May 22,2023 Comments

नक्कली शरणार्थी बनाउने प्रकरणकाे अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीले सरकारी वकिलको कार्यलायलाई बुझाएको छ।

प्रहरीले प्रकरणमा जोडिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित ३३ जनालाई राज्यविरुद्धको, ठगी र संगठित अपराध गरी तीन खालका मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको हाे ।

प्रहरीले सोमबार प्रतिवेदन बुझाएको हो। ३३ मध्ये १६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने बाँकी १७ जना अहिले फरार छन् ।यसअघि सार्वजनिक पद धारण गरेकाहरुलाई भ्रष्टाचारको विषयमा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखि पठाउने राय पनि प्रहरीले दिएको छ । त्यस्तै सार्वजनिक पद धारण गरेका बाहेकको हकमा भने अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई लेखी पठाउने राय पनि प्रहरीले दिएको छ ।

चैत १२ गतेबाट प्रहरील थालेको अनुसन्धान सोमबार पुरा गरी प्रतिवेदन बुझाएको हो । प्रहरीको प्रतिवेदन अध्ययन गरेर अब सरकारी वकिलको कार्यालयले उनीहरुविरुद्ध अदालतमा मुद्दा दायर गर्नेछ। उनीहरुविरुद्ध किर्ते गरेको विषयमा भने मुद्दा चलाउनेबारे प्रतिवदेनमा उल्लेख छैन।