गैरआवासीय नेपाली संघको इतिहासमा २०१३ देखि २०१७ सम्म दुइ कार्यकाल अध्यक्ष भएर गोल्डेन एरा बनाउन सफल रहनु भएका डा शेष घले फेरी एक पटक आम एनआरएनहरुको प्रमुख एजेण्डाको लागि बिश्व अभियानमा हुनुहुन्छ। यो अभियानमा निवर्तमान उपाध्यक्ष सोनाम लामा लगायत अन्य थुप्रै व्यक्तिहरु पनि सामेल हुनुहुन्छ।
यसै क्रममा मे २१ मा बेलायत हुँदै मे २२ मा पोर्तुगल अनि मे २३ मा निदर्ल्याण्ड हुँदै क्यानाडा र अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ।
मे २३, २०२३ मा नेदर्ल्याण्डको राजधानी आम्स्टर्डाममा उहाँ सहित टिमसँग एक अन्तर्कृया कार्यक्रमको आयोजना गरिएको छ। अन्तरक्रियामा संघका प्रमुख एजेन्डा, आम गैरआवासीय नेपालीका एजेण्डा, वंसजको नागरिकता, नेपालमा लगानी र पैत्रिक सम्पति सुरक्षा जस्ता बिषयमा उहाँसंग अन्तरक्रिया हुनेछन।
आम्स्टर्डाम कार्यक्रममा उहाँसंग निवर्तमान उपाध्यक्ष सोनाम लामा, संघका युरोप क्षेत्रका क्षेत्रीय संयोजक उल्का घिमिरे समेत हुनु हुनेछ।
सिफारिस
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु
उपनिर्वाचनमा ठुला पार्टीहरुको गिर्दो अवस्था, सेना परिचालन गर्न स्वीकृत...