-गोबिन्द राज ओझा-राजन,दिपायल सिलगढी, मे २०, २०२३
के भयो जिन्दगीमा केही हिसाब किताब छैन
दिलमा चोट किन लाग्यो केही थाहा छैन
गाउँ सम्म पुग्नलाई खोजिरहेको छु मैले
पैदल हिँडेर भए पनि भेट्न खोजेको छु मैले
बोलचाल भयो भने तिमि सँग धेरै कुरा गर्नु छ
पूर्णिमाको जुन सँगै रमाएर बस्नु छ
जिन्दगीको धेरै पलहरू सोच्दा सोच्दै बिताए
सुन्दर तिम्रो तस्बिर छातीमा सजाए
प्यासी छु म धेरै दिनको पानी पिलाऊ
खोला नजिक पुगेर मलाई बोलाऊ
पत्याऊ सबै सत्य कुरा मात्र बोल्ने छु
यो दिलमा तिमिलाई राखेर हेर्नेछु
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु