नेपाल सरकारका नीति तथा कार्यक्रमको पूर्णपाठ

Hollywood Khabar May 19,2023 Comments

प्रतिनिधि सभाका सम्माननीय सभामुख¸

राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष¸

सङ्‍घीय संसद्‌का माननीय सदस्यहरू¸

१.  सङ्‍घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्‍ट्रपतिको हैसियतले सम्मानित सङ्‍घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई पहिलो पटक सम्बोधन गर्न पाउँदा म गौरवान्वित छु। यस अवसरमा म नेपालमा नागरिक सर्वोच्चता र लोकतन्त्रको स्थापना तथा मुलुकको समृद्धि र अग्रगमनका लागि इतिहासको विभिन्‍न कालखण्डमा भएका राजनीतिक क्रान्ति, जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनलगायतका बलिदानीपूर्ण सङ्‍घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात-अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्‍जली अर्पण गर्दछु। साथै, मुलुकमा राजनैतिक परिवर्तनको लागि विभिन्‍न समयमा नेतृत्व प्रदान गर्नुहुने श्रद्धेय नेताहरूसहित सम्पूर्ण नेपाली जनतामा हार्दिक कृतज्ञता व्यक्त गर्दछु।

२. संवत् २०७९ मंसिरमा एकैपटक प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सम्पन्‍न भई नयाँ जनादेशसहित सरकार गठन भएका छन्। यसपूर्व २०७९ वैशाखमा स्थानीय तहको निर्वाचन सम्पन्‍न भई निर्वाचित जनप्रतिनिधिहरूले कार्यभार सम्हालेको एक वर्ष अवधि पूरा भएको छ। यसैबीच राष्‍ट्रपति र उपराष्‍ट्रपतिको निर्वाचन पनि सम्पन्‍न भएको छ।

३. तीनै तहमा निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्‍न निर्वाचनले मुलुकमा सङ्‍घीय शासन प्रणालीलाई सुदृढ बनाएको छ। यस अवसरमा म प्रतिनिधि सभा तथा प्रदेश सभामा निर्वाचित हुनुहुने सम्पूर्ण माननीय सदस्यहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछु र देशको बृहत्तर हितमा समर्पित रहँदै समृद्ध र समतामूलक नेपाल निर्माणको सङ्‍कल्प पूरा गर्न यहाँहरूको कार्यकाल सफल रहोस् भनी शुभकामना व्यक्त गर्दछु।

४. निर्वाचन सफलतासाथ सम्पन्‍न गराउने निर्वाचन आयोग, राष्‍ट्रसेवक कर्मचारी, सुरक्षा निकाय तथा राजनीतिक दल र आम नेपाली नागरिकप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।

पूर्णपाठको लागि यो लिंक क्लिक गर्नुहोस

https://acrobat.adobe.com/link/review?uri=urn:aaid:scds:US:93c09c8b-3513-3458-92d6-b76b5c8b5555