नोट: सदस्य बन्दा हामी आइडी लिंदैनौं, अमेरिकामा यस्तो हर्कत गैर कानुनी हुन्छ।
गैरआवासीय नेपाली संघ-एनअरएनए अमेरिकाको आफैं सदस्यता लिने अभियान संधै खुला रहन्छ भनेर संघले निर्णय गरेको छ। साधारण सदस्यताको ५ डलर र आजीवन सदस्यको ७५ डलर शुल्क मात्र छ।
त्यसबाहेको अध्यावधिक रुपमा नेपाल साकारले स्वतह एनआरएन हुने भनेका नेपाली मुलका बिदेशी र बिदेशमा बस्ने नेपालीहरु १ डलर तिरेर अध्यावधिक सदस्य हुन सक्नेछन। तर यस्ता सदस्यहरुले पंजीकृत सदस्यको अधिकार पाउँदैनन। भविष्यमा सबै साधारण सदस्ता शुल्क १ डलर गर्ने योजना चाहिं हो।
मुख्य कुरा सदस्य बन्दा कसैको आइडि आवश्यक पर्दैन। कुनै पनि संस्थाले कसैको पनि आइडी लिएर सूचना अर्को देशमा पास गर्न मिल्दैन। त्यसलाई सूचना बेलिएको मानिन्छ। हामी सूचना बेच्दैनौं, सदस्यता बेचिएको होइन र छैन। अर्को कुरा सदस्य बनाउने नाउँमा अनावश्यक कागजात लिनु हुँदैन र चाहिंदैन पनि।
यो अभियान चुनावमा कसैलाई जिताउने र हराउने अभियानको लागि होइन। हाम्रा सदस्यहरु अहिले सम्म कसैले पनि उम्मेद्वार भनेर आएका छैनन। कोहि पनि चुनावी मैदानमा छैनन। भविष्यमा जो जसले संघको नेतृत्व गर्न इच्छुक हुनुहुन्छ, महाधिवेशनमा हलमा गएर या पूर्व संध्यामा नै गएर गर्नुहुन्छ।
यस पहिलाका सम्पूर्ण आजीवन सदस्यहरुलाइ आफ्नो सदिच्छा भएमा स्वत: (निशुल्क रुपमा) पन्जिकृति सदस्य अध्यावधिक गर्न पाउने ब्यबस्था गरिएको छ।
NRNA USA को आफैंले सदस्यता लिने लिंकः
https://nrnamerica.org/Registration/
सिफारिस
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु
उपनिर्वाचनमा ठुला पार्टीहरुको गिर्दो अवस्था, सेना परिचालन गर्न स्वीकृत...