अप्रिल १६, २०२३ आइतबारका दिन गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) का अध्यक्ष बिनोद कुँवरको अध्यक्षतामा जुममा बसेको बैठकले विभिन्न निर्यहरु पारित गरेको छ।
बैठकले आगामी मे २७-२८, २०२३ मा आयोजना गरिएको नर्थ अमेरिकाको क्षेत्रीय सम्मेलनलाइ भब्य रुपमा सम्पन्न गर्दै बाँकी सबै क्षेत्रका क्षेत्रीय सम्मेलनहरु पनि आयोजना गर्ने निर्णय गरिएको छ।
यसका साथै सबै देशमा सदस्यता खुला गरिएको, हरेक देशले आफ्नो क्षमता भएमा आफ्नै वेब साइटबाट अन्यथा अन्तराष्ट्रिय परिषदको वेबसाइट https://globalnrna.org/ बाट पनि सदस्य बन्न/दिन सक्ने छन। सदस्यता शुल्क यस पहिला नै न्यूनतम ५ अमेरिकी डलर र अधिकतम १० अमेरिकी डलर भित्र रहनेगरी हरेक देशले आफैं निर्धारण गर्नेछन तर हरेक पंजीकृत सदस्यको २ डलर भने आइसीसीको कोषमा पठाउनु पर्नेछ बाँकी सोहि देशको कोषमा जाने निर्णय गरिएको थियो।
हरेक देशमा सदस्यता वितरण र नयाँ नेतृत्व चयनको प्रकृया अगाडी बढेका छन्। आगामी अक्टुवर २०२३ को ११ औं अन्तराष्ट्रिय महाधिवेशनसम्म कम्तिमा ४० भन्दा धेरै देशका प्रतिनिधिहरु हुने आंकडा, नेपालमा लगानीको लागि पछिल्लो समय भएका गरिबिधि, नेपाल सरकार र अन्य निकायसंगको संबन्ध लगायत बिषयमा पनि जानकारी गराइयो।
धन्यवाद;
सचिव
कृष्ण के सी
अप्रिल १६, २०२३
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु