दक्षिण कोरियाका पूर्वमन्त्री डा ली नाम कीले नेपाल सरकारले लगानी मैत्री वातावरण तयार गरेमा कोरिया लगायत विश्वभरको लगानी नेपाल भित्राउन सकिने बताएका छन्।
आइतबार काठमाडौकों सिंहदरबार स्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठसागको भेटमा उनले सोकुरा बताएका हुन्। कोरियन सरकारका आर्थिक योजना विभाग लगायत विभिन्न निकायमा झण्डै चार दशक कार्य गरेका लि मन्त्रि समेत भएका थिए। लीले देशको विकास हुन त्यहााको बलियो र दुरदर्शि नेताको मुख्य भूमिका हुने र कोरिया पनि त्यही कारण आज विश्वको विकशित राष्ट्र बनेको बताए। नेपालले पनि कोरियको प्रविधि र लगानी भित्राएर विकास गर्न सक्ने बताउादै भने, हरेक हिसाबलेसम्भावना भएकोनेपालले विकासमा छलाब लगाउन सक्छ, तपाईहरु अनुमती दिनुहोस् हामीले विश्वको लगानी र प्रविधिको समन्वय गरेर विकास गर्छौं।
हाल कोरिया–एसिया इकोनमिक कोअपरेसन एसोसियसनका अध्यक्ष समेत रहेका लिलेआफ्नो देशले पनि पहिले बैदेशिक सहायता, प्रविधि र लगानी ल्याएर विकास गरेको स्मरण गरे। विकास गर्न मुख्य गरेर पुर्वाधार, यातायतका साथै विद्युतिकरणमा जोड दिनुपर्ने र सिमित श्रोतलाई परियोजना लक्ष्यित लगानीमा जोड दिनुपर्ने वताए । आफू र आफ्नो समूह लगानीका माध्यमबाट विकाशको लागि काम गरिरहेको बताउादै, विश्वका विभिन्न देशहरुमा लगानी गर्न खोजेको र नेपाल सरकारले लगानीको लागि आव्हान गरेमा पहिलो प्राथमिकतामा नेपाल भएकोले नेपाल भ्रमण गरेको बताए।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठले पूर्वमन्त्री लीको नेपालप्रतिको सदभावको लागि धन्यबाद दिंदै नेपालले ली जस्तै लगानीकर्तालाई छिट्टै आह्वान गर्ने बताए । उपाध्यक्ष श्रेष्ठले सन १९५५ ताका नेपालले कोरियालई खाद्यान्न लगायत सहयोग गरेको विषयलाई स्मरण गर्दै नेपाल विगतमा कमजोर नभएपनि पछिल्ला केही दशकमा राजनीतिक अस्थिरताले गर्दा आर्थिक र विकासमा पछि परेको धारणा व्यक्त गरे । साह्रौ पञ्चवर्षिय योजनाको लागि कार्यमा जुटिरहेको परिप्रेक्षमा परिणाममुखि आयोजनामा ध्यान दिने समेत श्रेष्ठले वताए ।
गैरआवसिय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्द्वारा समन्वय गरिएको सो भेटमा संघका अध्यक्ष विनोद कुावरले नेपालमा कोरियन प्रविधि र विश्वभर विकशित राष्ट्रले अवलम्वन गरेको विकाशको मोडल भित्राएर छिट्टै विकास गर्न सकिनेर सो का लागि गैरआवासीय नेपालीले भूमिका खेल्ने धारणा राखेका थिए।
भेटघाटमा संघकापूर्व उपाध्यक्ष सोनाम लामा, महासचिव जानकी गुरुब, कार्यकारी निर्देशक राजेश राणा, दिपेश खत्री, रोपवे नेपालका अध्यक्ष गुणराज ढकाल र लक्ष्मी बैंकका सञ्चालक दिनेश पौड्याल लगायतले नेपाललाई मोनोरेल, साना किसिमका शहरि रेलका माध्यमबाट पर्यटन र जल तथा सौर्यका साथै जैविक तथा नविकरणिय उर्जा उद्योगको माध्यमबाट विकाश गर्न सकिने धारणा राखे।
वैदेशिक लगानि तथा लगानिमैत्री वातावरणको लागि राष्ट्रिय योजना आयोगले ति उद्योगहरुलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा मान्यता दिई लगानीको आव्हान गरेमा आ–आफ्नो क्षेत्रबाट नेपालमा लगानी भित्राई देश विकाशमा अगाडि बढ्न सक्नेबताए ।
गैरआवासीय नेपाली संघ, सचिवालय,
काठमाण्डौं ।
मिति:२७ चैत्र, २०७९ ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु