-यस कारण प्रतिनिधिसभा विघटन गर्नु परेको हो-प्रधानमन्त्री केपी ओली

यस कारण प्रतिनिधिसभा विघटन गर्नु परेको हो-प्रधानमन्त्री केपी ओली

Hollywood Khabar January 03,2021 Comments

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो संसदीय दल, नेपाल कम्युनिष्ट पार्टीले आन्तरिक असहयोग र अवरोध गरेका कारण प्रतिनिधिसभा विघटन गर्नु परेको बताएका छन्।

प्रतिनिधिसभा विघटनबारे सर्वोच्चमा दर्ता भएका धेरै मुद्दाबारे सरकारका तर्फबाट एकमुष्ठ जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका छन्। उनले यो विशुद्ध राजनीतिक निर्णय भएकाले त्यसभित्र अदालत प्रवेश गर्न मिल्दैन, यो संबिधानत प्रधानमन्त्रीको अधिकार भित्रको कुरा हो भन्ने दाबी पनि गरेका छन्।

दावीमा सरकार सञ्चालनमा आफ्नो पार्टी भित्रैबाट अवरोध भएको, सरकारलाई असहयोग गर्ने, विदेशी भूमिमा गई यो-यति समयका लागि सरकार सञ्चालन गर्ने सम्झौता भएको भन्ने, सरकारले नियमित काम कारबाही गरिरहेको बेलामा पार्टीका केही नेताहरुले निरन्तर अस्थिरता निम्त्याउने, जनादेश र जनभावना विपरीत राष्ट्रिय राजनीतिलाई विवादमा अल्झाएर गतिरोध गर्ने, निर्वाचित सरकारलाई असहयोग, हस्तक्षेप, कार्यसम्पादनमा अवरोध गरेको कारण मुलुकको कार्यकारी अधिकार प्राप्त प्रधानमन्त्रीको हैसियतले नयाँ जनादेशका लागि जनतासमक्ष जानुको विकल्प भएन। त्यसैले प्रतिनिधिसभा विघटनको सिफारिस गरिएको हो।