कृष्ण के सी, सान फ्रान्सिस्को, अमेरिका, अप्रिल १५, २०२१
नेपाली सामुदायिक केन्द्र निर्माण अभियानका अध्यक्ष रहेका यज्ञलाल श्रेष्ठले आफू अब Nepali Association of Northern California-NANC को अध्यक्षका लागि उम्मेदवार भएको घोषणा गरेका छन्।
सान फ्रान्सिस्को स्थित अप्रिल १४, २०२१ बुधबार साँझ एक प्रेस मिटको आयोजना गर्दै सो घोषणा गरेका हुन्। घोषणा गर्ने क्रममा उनीसंगै अरु दुइ आकांक्षीहरु देव किराँत राई र धर्मराज बराल समेतले उम्मेदवारी घोषणा गरेका छन्।
सान फ्रान्सिस्कोमा रहेको नेपालीहरुको संस्था NANC ले विगत ११ बर्ष भन्दा लामो समय देखि सुरु गरेको नेपाली सामुदायिक केन्द्र बनाउने अभियान हाल सम्म सुरु र सम्पन्न गर्न सकेको छैन। यसका लागि दुइ-दुइ पटक महायज्ञ लगाइए, राफल चिठ्ठा सुरु गरियो, विभिन्न इभेन्ट गरिए तर पनि काम सम्पन्न भएको छैन। सो अभियानका लागि हाल सम्म आर्थिक रुपमा धरै प्लेज गरिएका रकम NANC को खातामा जम्मा भएका छन्। तर पनि सामुदायिक केन्द्र बनाउने काम सुरु भएको छैन।
यसको कारण केहि व्यक्तिहरुको काम नगर्ने र केहीको गर्न नदिने योजना रहेको कुरा प्रष्ट देखिएको छ।यसका साथमा केहि आर्थिक अपचलनको गरिएको आशंका गर्ने ठाउँ पनि देखिएको छ। महायज्ञ गर्दा पण्डितलाइ दिएको रकमको रेकर्ड छैन तर खर्च २०/२२ हजार डलर भनिएको छ। चिट्ठाका सयौंप्रति हरायो भनिएको छ तर त्यसको पुलिस रिपोर्ट गरिएको छैन। यस्ता थुप्रै कुरा छन्। त्यसैले यी सबै कुराहरुको लागि आफू नै NANC मा गएर नेतृत्व लिएर काम सुरु गर्ने प्रतिबद्धता यज्ञ यज्ञलाल श्रेष्ठको रहेको छ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!