-सांकेतिक तस्विर

छोराले खुकुरीले हान्दा बावु घाइते 

Hollywood Khabar September 14,2019 Comments

२९,भदौ,भोजपुर ।भोजपुरमा छोराले खुकुरीले हान्दा बावु घाइते भएका छन् ।भोजपुर  नगरपालिका- ११ आम्तेकका २५ वर्षीय शिवहाङ राईले घरायसी विवादमा ५५ वर्षीय बावु  रामकुमार भनिने चन्द्रबहादुर राईलाई खुकुरी प्रहार गरी घाइते बनाएका हुन्। शनिबार साँझ करिब ५ बजेतिर बावुछोराबीच विवाद चर्किएपछि शिवहाङले बावुलाई खुकुरी प्रहार गर्दा चन्द्रबहादुरको गर्धनमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।गम्भीर चन्द्रबहादुरको जिल्ला अस्पताल भोजपुरमा उपचार हुन नसकेपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।