-NRNA अमेरिका चुनाब:अध्यक्षका उम्मेदवार साह

NRNA अमेरिका चुनाब:२०२१ सम्म विशाल, सिष्टमेटिक एनसीसी बनाएर हस्तान्तरण गर्नेछु-अध्यक्षका उम्मेदवार साह

Hollywood Khabar May 13,2019 Comments

कृष्ण के सी/अमेरिका/५/१४/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA NCC) अमेरिकाको २०१९ निर्वाचनमा अध्यक्षका उम्मेदवार रहेका सुनिल साहले सिकागोको टाउनहाल सभा नै आफ्नो प्रचारको अन्तिम सभा हुने बताएका छन्।

यो निर्वाचनमा थुप्रै आरोह र अबरोह झेलेका बरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका उम्मेद्वार साहले आफ्नो रफ्तार, भेटघाट, काम र सोचाहि निरन्तर रहेको बताए। थुप्रै उम्मेद्वार साथीहरु पनि आफूसँगै प्रचारमा थुप्रै सिटी जानुभयो। सबैतिर राम्रो रेस्पन्स पाइएको छ, कुरा नौ हजारले कसलाई जिताउँछन् भन्ने मात्र होइन, आम मान्छेहरुले कुरा कसको सुन्छन, के अपेक्षा गर्छन भन्ने पनि हो।

धेरै ठाउँ गएर मेरो घोषणा पत्रको भन्दा पनि अझै धेरै कुराहरु टिपेको छु। थप्रै शुभचिन्तकहरुको सल्लाह र सुझाव लिएको छु। सबैको रेस्पन्स हेर्दा यो निर्वाचनबाट बिजयी हुन्छु भन्ने मेरो विश्वास छ। त्यसपछि ऐले भनेको जस्तो को कता र के भन्ने कुरा हुँदैन, सबैको एउटा साझा संस्था एनआरएनए एनसीसी अमेरिका हुनेछ, त्यो नै मेरो पहिलो वाचा हो।

२०१९-२०२१ को मेरो टर्ममा सबै नेपाली अमेरिकन समुदायले संस्थालाई आफ्नो महसुश गर्नेछन। संस्थाप्रति सकारात्मक सोच आउनेछ, सबैले आफ्नो खुशीले संस्थालाई योगदान दिनेछन्। थुप्रै कुराहरु छलफल र विधिवत गर्नेछु अनि अझै प्रगति र सम्मानित बाटोमा संस्थालाइ लैजानेछु। त्यो अर्थमा एउटा विशाल, सिष्टमेटिक एनआरएनए एनसीसी अमेरिका बनाएर अर्को नेतृत्वलाइ २०२१ मा हस्तान्तरण हुनेछ विश्वास गर्नुहोस, साहले भने।