म अध्यक्ष पदमा पराजित भए पनि यो अभियानमै रहने छु-जमुना गुरुङ

Hollywood Khabar October 16,2017 Comments

प्रिय साथीहरु,
गैरआवासीय नेपाली संघको महाधिवेशनमा मलाई मत दिएर आफ्नो बिश्वास र आशा देखाउनुभएकोमा यहाँहरु सवैलाई धन्यबाद । निर्वाचनमा जीत वा हार सामान्य हो । संस्थाको नेतृत्व चयन प्रजातान्त्रिक प्रकृया अर्थात् निर्वाचनबाटै हुनुपर्छ भन्ने मेरो मान्यता हो ।
यही मान्यताका कारण अन्तिम समयमा आएर मैले उम्मेदवारी घोषणा गरेकी थिएँ । छोटो समयमा पनि बिश्वभरबाट आएर मलाई मत दिनुहुने सवै साथीहरुप्रति म कृतज्ञ छु ।
एनआरएन अध्यक्षमा निर्वाचित हुनुभएकोमा भवन भट्टजी एवं अन्य साथीहरुलाई बधाई दिन चाहान्छु । निर्वाचनमा जीत/हार सामान्य बिषय हो, यो स्थायी चाहिँ हैन् ।
त्यसैले नयाँ नेतृत्वले संस्थाको उज्ज्वल भबिष्यका लागि महाधिवेशनले पास गरेको मार्गदर्शक सिद्धान्त 'भिजन २०२० एण्ड बियोण्ड'को सफल कार्यन्वनय गर्ने छ र संस्थाले अगाडी बढाएका परियोजनाहरुलाई कुशलतापूर्व सम्पन्न गरोस् भन्ने मेरो कामना छ ।
म अध्यक्ष पदमा पराजित भए पनि यो अभियानमै रहने छु र संस्थाको भलाईका लागि निरन्तर काम गर्ने छु । यहाँहरुले दिएको मतको सम्मान र कदर गर्ने छु ।
निर्वाचन सम्पन्न गर्न अहोरात्र खटिने सवै साथीहरुलाई धेरैधेरै धन्यबाद ।