-वाईवाई नेपाल स्टारका प्रतिस्पर्धी सुरेश लामालाई न्यूयोर्कका पशुपति श्रेष्ठद्वारा नगर सहयोग

वाईवाई नेपाल स्टारका प्रतिस्पर्धी सुरेश लामालाई न्यूयोर्कका पशुपति श्रेष्ठद्वारा नगर सहयोग

Hollywood Khabar January 26,2021 Comments

न्यूयोर्क, जनवरी १६, २०२१

अमेरिका न्युयोर्क ज्याक्सन हाईटमा बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गका संचालक पशुपति श्रेष्ठ (CPA) ले वाईवाई नेपाल स्टारमा टप ५ मा रहेका निवासी सुरेश लामालाई एक लाख एक हजार एक सय एघार रुपैयाँ प्रदान गरेका छन्।

सो सहयोग श्रेष्ठले स्टार लामालाइ सम्मान स्वरुप प्रदान गरेका हुन्। रकम नेपालका चर्चित गायक रामकृष्ण ढकाल मार्फत हस्तान्तरण गरेका हुन्। यसको संयोजन भने न्यूयोर्क निवासी केशव राम राईले संयोजन गरेका हुन्। उसो त श्रेष्ठले सुरेश लामालाई मात्र नभएर न्यूयोर्कमा भएका विभिन्न नेपाली संघसंस्था लगायत बिभिन्न देश र ठाउँहरुमा समस्या परेका नेपालीहरुलाई सहयोग गर्दै आएका छन्। CPA श्रेष्ठ अमेरिकाको न्यूयोर्क र अन्य विभिन्न राज्यमा ट्याक्स एण्ड एकाउन्टिङ्ग ब्यबसाय संचालन गर्दै आएका छन्।