बाढी-पहिरो प्रभावितहरुको सहयोगार्थ राष्ट्रिय कलाकारहरुको कन्सर्ट

Hollywood Khabar August 22,2017 Comments

कृष्ण के सी/अमेरिका
हालै नेपालका विभिन्न भागमा गएको भिषण वर्षा र पहिरोबाट प्रभावित व्यक्ति तथा परिवारहरुको सहयोगार्थ नेपालका ख्यातिप्राप्त कलाकारहरुले फण्डरेजिङ्ग कन्सर्टको आयोजना गरेका छन्। यो बृहत सांगीतिक कार्यक्रमबाट खर्च कटाएर बचेको रकम पिडितहरुको लागि प्रतक्ष रुपमा राहत स्वरुप प्रदान गरिने कुरा आयोजक सरस्वती लामाले जानकारी गराउनु भयो।
कार्यक्रममा बिश्वको हाइ अल्टिच्यूटमा डिजे गरेर रेकर्ड राखेका चर्चित डिजे छेवाङ्ग, नेपाल आइडलका जर्ज काली प्रसाद बास्कोटा, लोक गायीका ज्योति मगर, रक गायीका सरस्वती लामा लगायत डेढ दर्जन भन्दा धेरै कलाकारहरुको प्रस्तुति रहने छ।
यसैगरी चर्चित गायक रोज मोक्तान, मीना निरौला, विश्व दोङ, इकु, विकु थोकर, आसुशेन लामा, सोनाम शेर्पा, लाक्पा शेर्पा, अमोद, दावा के शेर्पा, छिरिङ शेर्पा, निशा तामाङ, डोमा शेर्पा, छोदेन शेर्पा लगायतको प्रस्तुति रहने छ।
डिजे छेवाङ्गको आफ्नो कम्पनी जी स्टार इभेन्ट र रक गायिका सरस्वती लामाको युपिएस एण्ड सिनेमा कम्पनीको संयुक्त आयोजनामा गरिएको सो कार्यक्रम भादौ १७ गते मण्डला पार्टी प्यालेस कपनमा हुनेछ।
बिहान ११ बजे देखि सुरु हुने सो कार्यक्रम सहयोगको लागि टिकेट दर रु. १००० राखिएको छ। कसैले यो भन्दा धेरै योगदान गर्न चाहनुहुन्छ भने कार्यक्रममा बिशेष धन्यबाद प्रदान गरिने छ।
सम्पर्क फोन:
९८४१-८०५-८१५
९८१८-६७ ४-६५९