नेपाली बैज्ञानीकहरुको संस्था युएस नेपाल पोलीसि रिसर्च सेन्टरमा नयाँ नेतृत्व

नेपाली बैज्ञानिक्, बिज्ञ,र ब्यवसायिक ब्यक्तीहरुको संस्था USNPRC सेन्टरमा नयाँ नेतृत्व

Hollywood Khabar June 01,2019 Comments

सान फ्रान्सिस्को/क्यालीफोर्नीया/जुन २/२०१९
युएस नेपाल पोलिसी रिसर्च सेन्टरको नयाँ नेतृत्व चयन भएको छ । सेन्टरको चौथो वार्षिक सम्मेलन गत साता युनिभर्सिटी अफ क्यालीफोर्निया बर्क्ले मा सम्पन्न भएको थियो ।
आगामी ३ वर्ष को लागि सर्वसम्मतीबाट डा. राजन पन्त अध्यक्षमा र डा. सुमन पराजुली कार्यकारी सचिवमा चयन हुनु भएको हो । यसै गरी कार्यसमितीमा तरुण पौडेल, डा. देशराज संयोक्, डा दीनबन्धु भट्ट, डा. इश्वर श्रेष्ठ, जगदंबा अधिकारी, शृष्टी भट्टराइ, र डा. लेखनाथ अधिकारी चयन हुनु भएको छ ।
अमेरिकामा रहेका नेपाली बैज्ञानिक्, बिज्ञ,र ब्यवसायिक ब्यक्तीहरु संलग्न संस्था युएस नेपाल पोलिसी रिसर्च सेन्टरले अमेरिकामा रहेका नेपाली र नेपालका सन्दर्भमा नितिगत र प्राज्ञिक विषयहरुमा नेपाल र अमेरिकामा काम गर्ने गर्दछ । २०१५ मा स्थापित युएस नेपाल पोलिसी सेन्टरले सिकागो,भर्जिनिया,बोस्टन र सान फ्रान्सिस्को शहरमा बिगतमा वार्शिक सम्मेलन गरेको थियो ।