-नेपाल सरकारले अलोकतान्त्रीक अध्यादेशहरु तुरुन्त फिर्ता गरोस

नेपाल सरकारले अलोकतान्त्रीक अध्यादेशहरु तुरुन्त फिर्ता गरोस

Hollywood Khabar April 22,2020 Comments

अहिले नेपाल तथा विश्वो नै कोरोना भाइरसको महमारीले ग्रस्त छ। बिपत्तीको यस विषम परीस्स्थती बिरुद्द संसार नै जुधीरहेको अस्थामा नेपालमा पनि झण्डै एक महिना देखि लकडाउनमा छ। सम्पूर्ण नेपाली एकजटु भएर यस भाइरस बिरुद्द लड्नुको बिकल्प देखिन्त्न।

यही लकडाउनको अस्थामा नेपालको वर्तमान सरकार भने अकै षडयन्त्र र विषयमा लागेको देखियो। दुइ तिहाइको बलियो तथा स्थिर सरकार अन्त्य बिपक्षी दल टुक्र्याउन मद्दत गर्ने अध्यादेश ल्याएर अस्थिरता निम्त्याउन लागेको देखियो। यति मात्र नभएर संबैधानिक परिषदमा प्रतिपक्ष दलको उपस्थिति नै नहुने बनाएर उक्त परिषद्लाई नेपाल कम्यूनिष्ट पार्टीको एउटा इकाई बनाउने नियतले अघि बढेको देखियो।

सारा जनता कोरोना बिरुद्द देश लकडाउनमा रहेको अस्थामा आएका यी अध्यादेशहरु नेपालको लोकतन्त्र समाप्त पार्ने हतियारका रुपमा ल्याइएको यूएस नेपाल रिसर्च सेन्टरको ठहर छ। नाटकिय ढंगले प्रस्ताव मन्त्री परिषदमा ल्याइनु, तत्काल राष्ट्रपतिबात स्वीकृति, तत्काल राजपत्रमा छापिनु, संसद सदस्यहरुको अपहरण र अर्को पार्टी फ़ुटाउन सांसदहरुलाई होटेलमा ल्याउने ब्यबस्था मिलाउने कार्यहरु सरकारको तर्फबाट लकडाउनको बाबजुद पनि हुने यस्ता फोहोरी राजनैतिक घटनाक्रमले राज्यको नेतृत्व नाङ्गो देखिन पुगेकोमा हामी चिन्तित छौं। यस्ता कृयाकलापको हामी भत्सर्ना गर्दछौ।

सडकमा आएर बिरोध पनि गर्न नमिल्ने र संसद पनि चालु नरहेको यस विषम परिस्थितिमा सम्पूर्ण लोकतन्त्रवादी, बुद्धिजीवी र नागरिक समाजले आ-आफ्नो स्थानबाट सरकारले यी अलोकतान्त्रीक अध्यादेशहरु तुरुन्त फिर्ता गरोस भनेर आवाज उठाउन पनि युएस नेपाल पोललसी रिसर्च सेन्त्टर आव्हान गर्दछ।

अप्रिल २३, २०२०

अध्यक्ष

राजनपन्त,पीएचडी

कार्यकारी सचिव

सुमन पराजुली, पीएचडी

US-Nepal Policy Research Center