US Indo-Pacific Commander Admiral Philip S. Davidson in Kathmandu

अमेरिकाकी Indo-Pacific कमाण्डर नेपाल भ्रमण सकेर स्वदेश फिर्ता

Hollywood Khabar January 10,2019 Comments

मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको United States Indo-Pacific Command (USINDOPACOM) का कमाण्डर Admiral Philip S. Davidson दुई दिने नेपालको औपचारिक भ्रमण सम्पन्न गरी २०७५ पौष २७ गते स्वदेश फिर्ता हुनु भएको छ।

उहाँलाई सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी गौरव तण्डुलले

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नु भएको थियो। भ्रमणको क्रममा उहाँले सम्माननीय प्रधानमन्त्री, माननीय उपप्रधान तथा रक्षामन्त्री, प्रधानसेनापति लगायत उच्चपदस्थ सैनिक व्यक्तिहरुसँग भेटवार्ता गर्नु भएको थियो।

यसका साथै उहाँले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमण समेत गर्नु भएको थियो।

मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको कुरा जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले बिज्ञप्तिमा उल्लेख गरेको छ।