प्रेसिडेन्ट डे हप्तामा २५,००० भन्दा धेरै अमेरिकि नागरिक बन्दै

Hollywood Khabar February 16,2017 Comments

U.S. Citizenship and Immigration Services (USCIS) ले फेब्रुअरी १४ मा दिएको जानकारी अनुसार आगामी सोमबार अमेरिकी प्रेसिडेन्ट डे को उपलक्षमा फेब्रुअरी १४ देखि फेब्रुअरी २२ सम्म गरी अमेरिका भरिका १६२ स्थानमा हुने समारोहमा २५ हजार भन्दा धेरै व्यक्तिहरु नयाँ अमेरिकन नागरिक बन्दै छन्।
USCIS का कार्यकारी निर्देशक Lori Scialabba ले यति धेरै संख्यामा नयाँ अमेरिकी नागरिकहरुलाइ स्वागत गर्न पाउँदा आफु धेरै खुसी भएको कुरा ब्यक्त गर्नुभएको छ। उहाँले भन्नुभएको छ नयाँ नागरिकहरुलाई अधिकार, जिम्मेवारी र मौकाहरु दिइएको छ, जसका कारण अमरिकाको भबिष्य निर्माणमा उहान्हरुको योगदान हुनेछ। उहाँहरुले गर्नु भएको अमेरिकी नागरिक बन्ने निर्णयले अमेरिकाप्रति उहाँहरुको प्रतिबिद्ता र अमरिकी इमिग्रेण्ट्सहरुको राष्ट्र हो भन्ने हाम्रो परंपराको निरंन्तरता गरेको छ, प्रमाणित गरेको छ।