Photo: Mark Wilson/Getty Images, Axios

अब अमेरिकामा 5G मोबाइल नेटवर्क राष्ट्रियकरण गर्न छलफल

Hollywood Khabar January 28,2018 Comments

कृष्ण के सी/अमेरिका
ट्रम्प प्रशाशनले अमेरिकाभर 5G मोबाइल नेटवर्कको बिकासमा फेडरल सरकारले राष्ट्रियकरण गर्ने तयारी गर्दैगरेको कुरा Axios ले सार्वजनिक गरेको छ।
राष्ट्रिय सुरक्षा परिषदका अधिकारी, ट्रम्प प्रशाशन तथा अन्य संबद्ध अधिकारीहरुले एक योजना पेशगर्दै अमेरिकाको 5G नेटवर्कलाइ राष्ट्रपति ट्रंपको पहिलो कार्यकाल भित्रैमा राष्ट्रियकरण गर्ने कार्य सम्पन्न गर्नुपर्ने सुझाव दिएकाछन। खासगरी चिनियाँ साइबर सुरक्षाको बिकास र आर्थिक चुनौतीको लागि पनि 5G नेटवर्क विकास गर्नु जरुरी भएको कुरा बताइएको छ। प्रस्तुत गरिएको प्रतिवेदनमा अमेरिकी फेडरल सरकारले कि त 5G नेटवर्क आफैं सुरु गर्नुपर्ने अथवा मोबाइल सेवाका कम्पनीहरुले आफैं 5G नेटवर्क सुरु गर्नुपर्ने कुरा सुझाव गरिएको छ।