-प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत

उपभोक्ताको जीवनसँग खेलबाड गर्नेलाई मृत्युदण्ड-मुख्यमन्त्री राउत

Hollywood Khabar April 15,2019 Comments

३ बैशाख ,जनकपुर।प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ताको जीवनसँग खेलबाड गर्नेलाई मृत्युदण्डको सजायको व्यवस्था हुनुपर्ने बताएका छन्।राष्ट्रिय मानवअधिकार आयोगद्वारा आयोजित उपभोक्ताको मानवअधिकार अवस्था विषयक प्रदेशस्तरीय कार्यशालामा मुख्यमन्त्री राउतले उपभोक्तालाई रोगी बनाउने वस्तु बिक्री गर्नेलाई अपराधी सरह कानूनी कारवाही गर्न मृत्युदण्ड आवश्यक भएको बताए।मुख्यमन्त्री राउतले शवलाई कुहिन नदिने फर्मालिनको प्रयोग गरी खाध्य पदार्थ बिक्री गर्ने व्यक्ति मानव हत्यारा भएको भन्दै खुला रूपले बिक्री गर्ने मिठाई, मासु लगायतका व्यवसायीमाथि कारवाही प्रक्रियालाई प्रभावकारी बनाउनु पर्ने खाँचो औँल्याका हुन् ।